Terms and condtion

dhruvascreations.com एउटा व्यक्तिगत अनलाइन  ब्लग हो जसको उदेश्य  भनेको नेपाली कला,साहित्य र नेपाली पकवान (खाना) लाई प्रबर्धन गर्ने हो ।हालै  यस ब्लगमा थुप्रै शुभ चिन्तक तथा सेफ ज्युहरुको बिसेष अनुरोध आएपछि यहाँहरुको सामाग्री  समेत प्रकासन गर्न लागेको सहर्ष जानकारी  गराउन  चाहन्छौ। अब यस ब्लग मार्फत आफ्नो मौलिक र रैथाने पकवानलाई अन्तरास्ट्रिय स्तरमा विश्वभर छरिएर बसेका नेपाली माझ पुर्याउन सक्नु हुनेछ। यस ब्लग मार्फत अनुभवी देखि नयाँ र युवा सेफहरूलाई प्लेटफर्म प्रदान गर्दछ जसले गर्दा हाम्रो पकवान र भोजनलाई अझ धेरै प्रचार प्रसार गर्न सकौ  । यसको लागि तपाइको साथ र सहयोग को अपेक्षा गर्दछौ। 

अब पालो तपाईको !

आदरणीय नेपाली खानाका पारखि तथा सेफज्युहरु , आउनुहोस हामी सबै मिलि नेपाली खानाको अस्तित्व खोजौ र अन्तरास्ट्रिय स्तरमा यसको पहिचान गराऊ !
के तपाई नेपाली परिकार बनाउन र अरुलाई पनि आफ्नो कला चखाउन चाहनु हुन्छ ?
के तपाई नेपाली रैथाने खानाको बारेमा आफ्नो अनुभव सेर गर्न चाहानु हुन्छ ?
के तपाई नेपाल, भारत वा विश्वको कुनै भूभागमा बसेर आफ्नो सेफ पेसामा आबद्ध हुनु हुन्छ ?
त्यसो हो भने विश्वभरि छरिएर नेपाली खानालाई अन्तरास्ट्रिय स्तरमा पुर्याउन योगदान दिनुहुने तपाई लगायत सम्पूर्ण (Chef ) भान्सेज्युहरुलाई आफ्नो अनुभव सेरगर्न हार्दिक अनुरोध गर्दछौ।
के तपाई आफ्नो अनुभव, परिकार र आफुले बनाउदै आएको मौलिक रैथाने खाना वा त्यससंग सम्बन्धि जानकारीहरु , लेख वा सामग्री यस ब्लग मार्फत प्रकासन गर्न चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने आफ्नो छोटो परिचय, फोटो र कहाँबाट फठाउनु भएको हो ? हामीलाई आफ्नो मौलिक रचनाका साथ् पठाउनु होस् उपयुक्त लागे हामी यस ब्लगमा प्रकासन गर्ने छौ।
आफ्नो लेख वा परिकारको जानकरी नेपाली, अंग्रेजी वा विडियो इमेल मार्फत पठाउन सक्नु हुनेछ। बिस्तृत जानकारीको लागि यहाँ थिच्नु होस्।

(१)सामान्य नियम र सर्तहरू:-

१ (क) यो साइटमा छद्म नाम र अरूको नाममा प्रकासनको लागि कुनै सामग्री पठाउन निषेध गरिएको छ, ताकि तपाईंको पहिचान गर्न सुनिश्चितहोस् ।प्रकासनको लागि पठाएको सामाग्री संग आफ्नो फोटो, परिकारको फोटो, सम्पर्क इमेल र आफु बस्दै आएको देस वा सहर को नाम सहितको छोटो आफ्नो परिचय अनिवार्यरुपममा पठाउनु पर्ने छ। 

 यदि कुनै कारणले आफ्नो फोटो प्रकासन गर्न चाहनु हुन्न भने पनि फोटो पठाएर प्रकासन नगर्न भनेर लेख्न सक्नु हुनेछ। 

१(ख) अरु कसैको नाममा प्रकासित सामग्री हुबहु नकल गरेर पठाउन पाउने छैन यदि त्यसो भएमा त्यसको जिम्मेवारी लेखक स्वय हुनेछ। । यस ब्लगमा  अरुको बारेमा गलत र व्यक्तिगत टिप्पणी, दोष, अनुपयुक्त भाषा को प्रयोग निषेधित छ ।

१ (ग) यस वेब साइटमा कुनै पनि प्रकारको विज्ञापन व्यवस्थापनको अनुमति पछि मात्र गर्न सकिन्छ ।

१ (घ) प्रकासित सामग्रीमा कुनै विवाद भएमा प्रस्तोतो स्वयम् जिम्मेवार हुनेछ र व्यवस्थापनको निर्णय अन्तिम र बाध्यकारी हुनेछ ।

(२) प्रकाशन सम्बन्धी नियमहरू:-

२ (क) यस ब्लगमा  अरूले लेखेका सटीक वा केहि परिवर्तन गरेर  आफ्नो  नाममा  पठाउन निषेध छ, त्यस्ता रचनाहरू प्रकाशित हेतु नपठाउनु होला , जसको जिम्मेवार तपाइँ आफै हुनु हुनेछ । र पहिलेनै प्रकाशित भएको जानकारी प्राप्त भयोभने तत्कालै बिना  सूचना हटाइनेछ । यदि कुनै सदस्य यदि सन्दर्भको लागि कुनै अन्य लेखकको रचना उल्लेख छ यसको साथमा मूल लेखकको नाम लेख्न नबिर्सनुहोस् । सम्भव भएमा सम्बन्धित लेखकको अनुमति पनि लिनुहोस् । प्रतिलिपि अधिकार उल्लङ्घनको कुनै पनि प्रकारको लागि सम्बन्धित सदस्यहरू जिम्मेवार हुनेछन्, त्यसको लागि Dhruvas creations व्यवस्थापन जिम्मेवार हु ने छैन । प्रकासनको लागि सबै सामाग्रीहरु इमेल मार्फत पठाएको हुनु पर्नेछ। 

2(ख ) प्रकाशनको लागि आएका ब्लगहरू सबै Dhruvas creations द्वारा समीक्षा गरे पछि मात्र प्रकाशित हुनेछ, प्राप्त सामग्री प्रकासन योग्य ठहरिए मात्र प्रकासन गरिनेछ ,यसका  लागि सबै ब्लगर र सेफहरुलाई हार्दिक अनुरोध का साथ सहयोगको अपेक्षा गरिन्छ  । प्रकाशित गर्ने, नगर्ने अधिकार व्यवस्थापनमा सुरक्षित छ । प्रकाशनको लागि पठाइएका रचनाहरूको प्रतिलिपि आफूसँग राख्नुहोस्, कुनै पनि अस्वीकृत कार्य फिर्ता गर्न वा अस्वीकारको कारण दिन सम्भव हुने छैन। रचनाहरूको अस्वीकारको बारेमा सोधपुछ नगर्नुहोस्।

2(ग ) Dhruvascreations.com अन्तर्गत, ब्लग, टिप्पणी, च्याटमा वा अन्य कुनै साइट वा ब्लगमा कुनै पनि प्रकारको लिङ्क/आरएसएस दिन निषेध गरिएको छ। तर विषयको माग बमोजिम वा सन्दर्भको लागि आवश्यक परे लिङ्क दिन सकिन्छ ।

२ (घ) यसमा प्रकासनको लागि आफ्नो सामाग्री पठाउदा  आफ्नो  र मौलिकतालाई ध्यानमा राखी विभिन्न क्षेत्र समुदाय र भेकका भोजन, पकवानको फोटो र  जानकारी सहित पठाएको सामग्रीलाई  बिसेष स्थान प्रदान गरिने छ। 

२(ङ) लेखकले पूर्ण रूपमा अप्रकाशित भएको कृति मात्र प्रकाशनको लागि पठाउनु होला ।अरु कतै प्रकासित भएको वा अरुको नाममा प्रकासित भएको  त्यस्तो  रचनाको लागी कुनै स्थान दिइने छैन, तर भुलबस त्यस्तो रचना प्रकासन भएमा लेखक स्वयम् जिम्मेवार ठहरिने छ। साथै ब्लग वा पहिले कुनै पनि सामाजिक सञ्जाल साइटमा प्रकाशित रचनालाई समेत नपठाउन अनुरोध गरिन्छ  । यदि तपाईंले आफ्नो अघिल्लो प्रकाशित पुस्तकबाट वा वेबसाइट बाट निकालेर पठाएको हो भने त्यसको जानकारी गराउनु होस्।  | 

  जुन १, २०२२  देखि लागू हुने गरी, प्रकाशनको लागि पोस्ट गर्नु अघि रचनाको तल “मौलिक र अप्रकाशित” लेख्नु अनिवार्य छ। 

२(च ) तपाइको आधिकारिक वा तपाइले खिचेको तस्बिर मात्र इमेल  गर्नुहोस्, पहिले नै नेटमा उपलब्ध फोटो नपठाउनु होला  ,त्यसको लागि कुनै पनि प्रकारको प्रतिलिपि अधिकार उल्लङ्घनको जिम्मेवार तपाइँ स्वयम् हुनेछ , तपाईंले आफ्नो वा तपाइको नाममा रहेको सामग्रीमात्र प्रकासनको लागि  पठाउन सक्नु हुनेछ।   अश्लील, असान्धर्भिक र  व्यावसायिक, विज्ञापन सम्बन्धित फोटोहरू पठाउन  निषेध गरिएको छ ।  

2(छ ) dhruvascreations.com मा प्रकाशित कुनै पनि प्रकारको सामग्री लेखक वा व्यवस्थापनको लिखित अनुमति बिना अन्य कतै पुन प्रयोग निषेध गरिएको छ ।यसमा पठाएको सामाग्रीहरु  तपाइको आफ्नो ईच्छा अनुसार यस ब्लगमा निसुल्क ( बिना पारिश्रमिक ) प्रकासन गर्न पठाएको हुनेछ। 

(dhruvascreations.com ले पूर्व सूचना बिना कुनै पनि समयमा नियमहरू परिवर्तन गर्ने अधिकार सुरक्षित राख्छ) कृपया प्रकाशनको लागि आफ्नो मौलिक सामग्री contact@dhruvascreations.com मा पठाउनुहोस्।

के तपाई यस ब्लगमा आफ्नो परिकार से र गर्न चाहनु हुन्छ ?