आधुनिकता र बिलासिता सित जोडिएको एउटा एस्तो रोग जसले आधुनिक दुनियालाई लाचार र आशक्त बनाइ रहेको छ त्यो हो डाइबिटिज अर्थात् ( मधुमेह ) साधारण नेपालीमा भन्ने हो भने चिनी रोग जसमा टाइप २ डाईबिटिज झनै खतरनाक र धेरै नेपाली अथवा साउथ एसियाली मानिसहरुमामा यसको असर धेरै देखिएको छ।
हालै क्यानाडाको वाटर लु बिश्वबिधालयका सोधकर्ता र लेखक कारी विन्सेंटको अनुसार टाइप 2 मधुमेहले “मानिसले राम्रो सुखमय जीवन जिउन पाउदैन साथै यसले मस्तिस्कमा समेत असर गर्ने हुनाले यसले मस्तिस्कको क्षमतालाई समेत घटाउछ।” यसले मस्तिस्कलाई नराम्रो असर पार्नुको साथै यसले भवणामा नियन्त्रण, व्यवहार र बिचारमा समेत असर पार्ने संकेत देखिएको जानकारी प्रस्तुत गरेका छन्।

यो रोग पहिले पहिले धनीलाई लाग्ने रोग समेत भनिन्थ्यो जसको मुख्य कारण भनेकै विलासी जीवन शैली र सारीरिक काम थोरै गर्नु, यस रोगले नेपाली जनतालाई पनि निक्कै सताएको छ जसको फलस्वरूप धेरै अन्य रोगहरु समेत यसले निम्त्याई रहेको छ । त्यसैले आफ्नो दैनिकी र जीवन शैलीलाई ध्यानमा राखेर आफुलाई तन्दुरुस्त र क्रियाशील बनाउने हो भने यस रोगबाट टाडा रहन सकिन्छ। तर एक पल्ट लागि सके पछी यसलाई नियन्त्रण मात्र गर्न सकिन्छ। सधैको लागि छुटकारा पाउन सकिदैन। त्यसैले रोग लाग्न भन्दा अघिनै सचेत हुन् आवस्यक छ।
यदि राम्रो जीवन शैली, राम्रो स्वास्थबर्दक साकाहारी खाना, आफ्नो आहार मा उच्च फाइबर उक्त सब्जिहरु , सलाद , हरियो मटर, सिमि , ब्रोकोली, दाल, पालक अनि अन्य हरियो पत्तेदार सब्जिहरुलाई आफ्नो दैनिक आहारमा प्रयोग गर्नु उपयुक्त हुन्छ।साथै आफुले खानु हुने फलहरु राम्रो पहिचान हुन् पनि त्यतिकै जरुरि छ जस्तै फाइबरले भरपूर फलहरुमा मेवा , सेब, सुन्तला , नाशपाती ,अम्बा को सेवनगर्न सकिन्छ भने । आम, केरा , अंगूर मा शुगर को उच्च मात्रा हुने कारण ले गर्दा यी फलहरुको सेवन कम गर्नु पर्छ ।आफ्नो खानामा कार्बोहाइड्रेट, मिनरलर , भिटामिन डी र फाइबरको मात्रालाई ध्यानमा राखेर खाने बानी बसाउनु उपयुक्त हुन्छ। आफ्नो आहार जहिले पनि सन्तुलित हुन् जरुरि हुन्छ जस्तै कहिले कुनै खाना बडी खाने र कहिले धेरै दिनसम्म पनि त्यहि खाना नखाने गर्नु हुदैन।
नियमित रुपमा कमसे कम आधा घण्टा जति ब्याम गर्नु फायदा हुन्छ। तौल धेरै छ भने घटाउन जरुरि हुन्छ। डाक्टरको सल्लाहलाई ध्यानमा राखेर आफ्नो जीवन शैलीमा परिवर्तन गरेर अघि बढाउने हो भने यस रोगबाट बच्न सकिन्छ। बिसेष गरेर यो रोग बंशानुगत भएता पनि यसलाई नियन्त्रण र यस रोगबाट बच्न सकिने डाक्टरहरुको भनाइ छ। यसले कुनै उमेर जाति वा बर्ग भन्दैन सबैलाई यस रोगले सताउँन सक्छ।
डाइबिटिजबाट हुने मृत्यु अहिले संसारमा नवौ स्थानमा रहेको तथ्यांकले बताउछ भने आज विश्वमा प्रत्येक नौँ सेकेण्डमा दुई जना मानिसहरु यस रोगबाट ग्रसित भईरहेका छन् । साथै सोहि नौ सेकेण्डमा अर्को एकको मृत्यु भइरहेको छ । अध्ययन अनुसार अन्य देशहरुको तुलनामा नेपाल र भारतमा यस रोगबाट बढी प्रभावित भईरहेको पाइएको छ ।
अहिलेको आधुनिक जीवन शैली, ब्यस्त जीवन सँगैको अब्यवस्थित खानपानले गर्दा यस रोग डरलाग्दो रुपमा देखा परि रहेको छ । यो रोग जति जति पुरानो हुदै जान्छ त्यतिनै यसले शरिरलाई खतरा हुँदै जान्छ । जसको कारण आँखाको ज्योति गुमाउनु , ( मिर्गौला ) किड्नी खराब हुनु, मुटु सम्वन्धि समस्याहरु देखिनु (जस्तै हार्ट अट्याक), नशा सम्वन्धि समस्याहरु आदि जस्ता भयानक स्वास्थ्य सम्वन्धि समस्याहरु यस रोगले हाम्रो सरिरमा निम्त्याउदछ ।
यसको लक्षण : यस रोगले सर्ब प्रथमत सरिरको क्षमता घटाउछ र मानिसको स्वभावमा परिबर्तन हुन्छ जस्तै झर्को लाग्ने , दिक्क लाग्ने , अल्छी लाग्ने , धेरै तिर्खा लाग्ने , काममा मन नलाग्ने , मनमा डर लागि रहने , कब्जियत, सरिरको तौल अचानक घट्नु आदि हुन्।
यस रोगबाट जोगिने तरिका : प्रस्तुत छ यस रोगबाट जोगिनी केहि उपायहरु तर यसले रोगबाट भने मुक्त भने हुने होइन किनकी यो रोग अहिले सम्म पूर्णरुपमा निको नहुने रोग हो र यसको असरलाई भने कम अवस्य गर्न सकिन्छ
१. धेरै बेर टेलिविजन वा कम्प्युटरमा समय बिताउने : एउटा अनुसन्धान बाट प्राप्त जानकारी अनुसार यदि कोहि हरेक दिन दुई घण्टा टेलिविजन वा कम्प्युटरको अघि बिताउछन् भने उसलाई टाइप २ डाइबिटिज हुने सम्भावना २०% ले बढ्छ। अथवा एकै स्थानमा धेरै बेर सम्म बसेर सारीरिक क्रियाकलापलाई निस्तेज पार्नु ।
२. अनिद्रा : अनिद्रा पनि एउटा डाइबिटिज रोग लाग्ने प्रमुख कारण मध्ये पर्छ जसले गर्दा राति निन्द्रामा अति पसिना आएमा सरिरमा पानीको कमि हुन् जाछ र सरिर सिथिल र तनाब ग्रस्त भए पछि चिनीको मात्र स्वातै बढेर जान्छ।
३ चिनीको नियमित जाच नगर्दा : नियमित सुगरको जाच गर्न अति आवस्यक हुन्छ त्यो आफैले घरमै पनि गर्न सकिन्छ यदि तपाईसित सुगर नापने उपकरण छ भने जसले गर्दा के खाने कति खाने के गर्दा घट्दैछ के गर्दा बढ्दैछ भन्ने आफ्नो सरिर्को जानकारी हुनेछ।
४. असन्तुलित आहार : डाइबिटिजको लागि नियन्त्रित हैन सहि पौस्टिक खानाको जरुरत पर्छ जसको जानकारी नजिकको अस्पताल वा स्वास्थ्य केन्द्र बाट लिएर जीवनलाई त्यसै अनुरुप हिडाउन सके यस रोगबाट जोगिन सकिन्छ। सरिरको वजन एक्कासी बढ्नु वा घट्नुले समेत हाम्रो पाचन शक्तिलाई असर पार्दछ र सरिरमा चिनीको मात्र अनियन्त्रित हुदै जान्छ।
हाम्रो समाजमा रोग लागेकालाई अलग्गै खाना पकाएर खुवाउने बानि छ तर त्यसो गर्नुको साटो घरको सबैले नियमित आहारमा परिबर्तन गरेर सोहि अनुरुप खाने हो भने घरमा अन्य सदस्यलाई यस रोगबाट जोगाउन सकिन्छ। रोग लागेपछि उपचार गर्न भन्दा रोगलाई लाग्नै नदिने आहार विचार र जीवन शैली अपनाउनु अहिलेको आवस्यकता हो।
अहिले बिदेशमा रहेका नेपालीहरुमा बिसेष गरेर अमेरिकामा रहेका नेपालीहरुमा यस रोगले निक्कै असर गरेको केहि साउथ एसिया सम्बन्धि काम गर्ने संस्थाहरुले जनाएको छ , किनकि अचानक यहाँ आएपछि हाम्रो जीवन शैली , आहार र व्यस्ताका कारण चाडै यस रोगले असर गर्ने गर्छ।
बिदेशमा धेरै नेपालीहरु दिनभरी काम गर्यो राति कतै मध्ये रातसम्म पार्टीमा सहभागी बन्यो र अनिद्रा, आराम र अस्त ब्यस्ती जीवन शैली र खानपानको कारणले थाहै नपाई बिभिन्न रोगको सिकार बन्दै आएका छौ र यसको असर परिवारमा र आफनै सरिरमा समेत हुने गरेकोले धेरैको हृदयघात, आत्मा हत्या, जस्ता अकल्पनीय घटना घटेर मृत्य समेत भएको खबर पत्र पत्रिकामा अहिले धेरै सुन्नमा आएको छ। यसैले यहा रहेका संघ संस्थाले जातीय, राजनीतिक र सास्कृतिक कार्यक्रमहरु मात्र न गरेर बेला बेलामा स्वास्थ्य सम्बन्धि कार्यशाला गोष्ठी , परिक्षण र जनचेतना मुलक काम गर्न पनि आवस्यक देखिन्छ र यो लेखको मुख्य उदेश्य पनि त्यहि हो।
“यो लेख बिभिन्न श्रोतमा आधारित जानकारीको लागि मात्र हो। उपचार बिधि कुनै दक्ष चिकित्सकसित लिनु होला।” – लेखक
Categories: भान्सेको कलम
You must be logged in to post a comment.