कविता

एउटा झिनो सपना

शून्यताको धरातलबाट उक्लदै
जिवनका हरेक जोड घटाउमा
आफूलाई बराबर राख्दै अघि
बडिरहेको छ एउटा झिनो सपना ।


कहिले एक मा एक घटाउदै
कहिले सात मा सातले गुना गर्दै
आठौ आर्चयको खोजीमा लम्किरहेछ
कता हो कता एउटा झिनो सपना ।

खगोल शास्त्रको गणितिय सूत्रभित्र
रसायन शास्त्रका शुत्रहरुले जन्माएका
अति सूक्ष्म रासायनिक प्रयोगहरुमा
थाहै नपाई रुमालिएको छ एउटा झिनो सपना ।

इतिहासका पानाहरूमा धमिराले घर बनाउन
अगण्य कमिलाहरुलाई समेत गुहारेको
यस जटिल परिस्थितिमा थाहै नपाई
सूर्य ग्रहणको कालो बादलले छोप्दा
उल्काका झिल्का जस्तै यस विशाल ब्रमाण्डमा
विलीन हुन पुगेको छ एउटा झिनो सपना ।

समुद्र मन्थन गरेर निकालेको अमृत जस्तै
अस्वमेघ यज्ञको त्यो स्वेत घोडा जस्तै
शिवको जटाबाट बग्दै गरेको गंगाजल जस्तै
अनवरत समयको गतिसंगै दौडिरहने
अति पवित्र र चोखो छ यो झिनो सपना ।

एउटा नाबालाक बच्चाले
फुलाउदा फुलाउदै फुटेको बेलुन जस्तै
यो वायु मण्डलमा समाहित भएकोे छ
मलाई लाग्छ मेरो यो एउटा झिनो सपना
जुन कहिले विपना हुन नपाउदै
हिटलरको तानाशाहिमा ग्यास च्याम्बरभित्रै
निरंकुशताको सिकार बनेर कतै यस्को अन्त त हुने हैन?

Categories: कविता