भान्सेको कलम

आफै तय गर्न सक्छौ राम्रो र स्वस्थ जीवन शैलीको यात्रा !

भनिन्छ आफ्नो स्वास्थ्यको ख्याल गर्नु वा यसको लागि आफुलाई तयार पार्न कहिले पनि सहि समय आउदैन। यदि हामी आफै सचेत र जागरुक भएर लागेनौ भने, सहि समय र उमेर कहिले आउनेछैन। जब हामी जन्मन्छौं, हामी पूर्ण रूपमा स्वस्थ हुन्छौं, तर बिस्तारै आफ्नै जीवनशैलीको कारण हामी थुप्रै रोगहरूको सिकारहुदै जान्छौ । हामी यी रोगहरु आफ्नो दैनिक बानीबाट तयार गर्दै जान्छौ , र रोगको भण्डार बन्छौ . हामी हाम्रो केहि बानीहरू जसलाई सुधारेर रोग-मुक्त रहन सक्छौ। अंग्रेजीमा एउटा भनाइ छ “It’s never too early or too late to be healthy” आहार, व्यायाम र स्वस्थबर्धक भोजनको सहि संयोजनले हामी आफ्नो जीवनको गुणस्तरलाइ सुधार्न सक्छौ तर त्यसको लागि निरन्तरता र लगनशीलता अतिनै आवस्यक पर्छ। यसलाई आजको भोलि प्राप्त हुनेकुनै छोटो र बैकल्पिक बाटो छैन। “To keep the body in good health is a duty, otherwise we shall not be able to keep our mind strong and clear.” – Buddha
अहिलेको यस महामारीको समयमा त झन् आफु सचेत र परहेज रहेर जीवनलाई अघि बढाउन पर्छ। यसको लागि सबै भन्दा पहिले आफुलाई तयार गर्ने र नियमित रुपमा यसमा लागि पर्ने। यहिनै हो स्वस्थ जीवन र सफलताको पहिलो खुड्किलो। “विश्व स्वास्थ्य संगठनले समेत शारीरिक अभ्यासको महत्वमा जोड दिएको छ । क्वारेन्टाइन जस्तो सीमित अवस्थामा रहँदा सक्रिय बन्नु तपाईँको शरीर र मस्तिष्कका लागि लाभदायी छ ।” अहिलेको यस सोशल मिडियाको जमानामा तपाइँ कहिलेपनि यस प्रक्रियामा एक्लो हुनु पर्दैन , आफुसंग मिल्ने उमेरका, एउटै रुचि भएका विश्वको हरेक कुनामा बसेका साथी भाइलाई आफ्नो सर्कलमा एकजुट पार्ने र त्यसमा आफुलाई सहभागी बनाउने र अरुलाई समेत सहभागी हुन् उत्प्रेरित गर्ने। त्यसो गर्न सके आफ्नो यस दौडमा तपाई कहिल्यै एक्लो हुनु पर्ने छैन। अहिले त झन् कति सजिलो छ आफुलाई प्रोत्साहित गर्न र अरुलाई समेत प्रोत्साहन गर्न ! मात्र खाचो छ त तपाइको सानो प्रयास र केहि गर्ने जोश र जागरको ।

राम्रो र स्वस्थ जीवन शैलीको यात्रा सुरूगर्न यी प्रमुख चरणहरूको अनुसरण गर्नु राम्रो हो ।

बिबेकपूर्वक र राम्रोसँग खानु !

स्वस्थ आहारनै स्वस्थ जीवनशैलीको आधार हो। विशेष गरी, दिनको सुरुवात स्वस्थबर्धक बिहानको नास्ताबाट सुरु गर्नु होस् यसले सरीरलाई धेरै फाइदाहरू दिनेछ। मानिसको आहार सम्बन्धि गरिएको धेरै अध्ययनहरुबाट के देखाएको छ भने जस्ले राम्रोसित पौस्टिक ब्रेकफास्ट खान्छन् उनीहरू दिनभरिनै अन्य जे पायो त्यहि खाने स्वभावबाट टाडा रहन सक्छन। बिहानको खाजा वा ब्रेक फास्ट भन्दैमा पश्चिमी शैलीको हुनु पर्छ भन्ने होइन , आफ्नै मौलिक खानालाई पनि सजिलो र सहज रुपमा बनाएर खान सकिन्छ , समय छैन वा बनाउन आउदैन भनेर बोरिंग वा स्वादहीन खानु पर्दैन , बजारमा सजिलै पाउने ग्रानोला , चिउरा , सातु ,वा फाइबर र प्रोटिनयुक्त कुनैपनि सिरियल भए हुन्छ। सकिन्छ भने घरमै दहि जमाउने र दहि चिउरा जस्तै सिरियल वा ग्रनोलाको साथ् सुखा फल वा काजु , बदमहरु (any kinds of nuts ) , चियाको दान (Chia Seeds ,Flex seeds )मिसाएर प्रयोग गरेर खान सकिन्छ । नत्र कमसेकम ब्रेकफास्ट बार, प्रोटीन शेक वा रात देखि बचेको फ्रिजमा राखको कुनैपनि भोजन जुन खान योगर र पौस्टिक छ त्यसलाई लिन सकिन्छ। मुख्य कुरा भनेको बिहानको नास्ता लिनु हो जुन जुन पौस्टिक र स्वस्थ्बर्धक होस् ।

आफ्नो भोजनको पौस्टिक तत्वको बारेमा जानकार बन्नु !

कहिलेकाँही हामी धेरै र भरपेट त खान्छौ तर त्यो के त्यस भोजनमा सरिरलाई चाहिने जति पौस्टिक गुणले भरिएको छ ? धेरै खानु भनेको राम्रो खानु होइन , थोरै खाउ तर राम्रो स्वस्थ बर्धक खाऊ। धेरै मानिसको बाटोमा हिड्दा वा कतै जादा बजारमा उपलब्ध स्नाक्स खाने बानी हुन्छ र केहि न केहि खाई रहेका हुन्छन कारण सरीरलाई चाहिने गुणस्तर पौस्टिकको कमि हुदा के खाउ के खाउ भई रहन्छ र अन्तमा गएर जंक फुड धेरै खाने बनी बस्छ जुन हटाउन निक्कै गाह्रो हुन्छ। ती अवस्थाहरूमा, प्रतिरक्षा प्रणालीलाई समर्थन (immune system boost) गर्न र आफ्नो भोजनबाट प्राप्त भिटामिन र खनिजपदार्थ प्रयाप्त नभएको अवस्थामा त्यस्तो पोषक तत्त्वहरूलाई मद्दत गर्नको लागि डिजाइन गरिएको मल्टिभिटमिनले त्यसको कमीलाई पुरा गर्न सक्छ।त्यसर्थ राम्रो ब्राण्डको कुनै (suppliment tablet ) पूरकहरूले तपाईंको शरीरलाई स्वस्थ रहनको लागि सरीरलाई चाहिएको जति पोषण प्रदान गर्न सक्छ।

आफुलाई उत्प्रेरणा दिने समुहको बिस्तार गर्नु !

स्वस्थ जीवन शैली सोचे जस्तो सजिलै प्राप्त हुन् सक्दैन , यसको लागि प्रेरणा र सहि समुहको खाचो पर्दछ , एक्लै कति दिन के गर्न सकिन्छ र ? स्वास्थ्य सुधार धेरैको लागि एउटा युद्ध जस्तै संघर्ष हुन सक्छ, सोचे जस्तो नतिजा प्राप्त नहुन सक्छ र फेरी आफ्नो नियमित प्रयासमा तगारो लाग्न सक्छ तर त्यहि एउटा सानो प्रोत्साहनले लामो यात्रा तय गर्न प्रेरणा बन्न सक्छ। यसको लागि आजको सामाजिक मिडिया आउटलेटहरूले सल्लाह खोज्नेहरुलाई , सयोग लिनेहरुलाई लक्षित गरेर थुप्रै ग्रुपहरु बनाएका छन् जहाँ आफ्नो जानकारी अनुसारको र अनुभवहरु एक आपसमा साटासाट गरेर एक अर्काको सहयोग गर्न सकिन्छ। उदाहरणको लागी, फेसबुक पेज वा ग्रुपहरुमा स्वास्थ्य, पोषण, फिटनेस , योगा , ध्यान , आदि बिषयहरुमा आफ्नो विचार अरुसित साटासाट गरेर्र र साझा र सफलताका कथाहरु पढेर , टिप्पणी गरेर आफ्नो जिज्ञासा सजिलै प्राप्त गर्न सकिन्छ।

सक्रिय बन्नु !
सामान्य,निरन्तर र सक्रिय जीवन शैलीले स्वास्थको पहिलो खुड्किलो हो। सक्रिय र नियमित स्वास्थ्य व्यायामले सरिर्मा सकारात्मक असर गर्दै स्वास्थ्य लाभहरू प्रदान गर्न सक्दछ। जसमा सकारात्मक सोचको बिकास गर्न , डिप्रेसन बाट जोगिन , कोलेस्ट्रोल कम गर्न, हड्डीको घनत्व निर्माण गर्न लगायत अन्य थुप्रै उमेर अनुसार देखा पर्ने रोगहरुलाई नियन्त्रण गर्न मदत पुर्याउन सक्छ। योग, ध्यान र व्यायामका अन्य फाइदाहरूमा स्वस्थ तौल कायम राख्नु र तपाईंको उर्जा बढाउनुको साथै सकारात्मक सोच र केहि गर्ने हौसला प्रदान गर्न मदत गर्छ। साथै संयम जीवन शैलीले तपाईंको मुटु र फोक्सो बढी कुशलतापूर्वक काम गर्न सहयोग गर्ने छ ।नियमित व्यायाम , प्राणायाम, योग ,ध्यान, सहि निन्द्रा र पौस्टिक आहार र सक्रिय जीवन शैलीले तपाईंको सम्पूर्ण जीवनलाई नया जोश जागर र उर्जा बढाउन सक्छ, साथै त्यसले तपाईंको आत्मविश्वासलाई पनि बढवा दिन्छ। त्यसले उमेर अनुसार आफ्नो जीवन शैलीलाई अझ सक्रिय र सकारात्मक बनाउनुहोस। मानिस उमेरले होइन सोच र आफ्नो जीवन शैलीले युवा देखिन्छ। आफ्नो रुचि अनुसारको काममा समय दिनुहोस र खुलेर जीवन जिउनुहोस। भोलि कसले देखेको छ र ?

पहिलो पल्ट प्रकासित मिति जनवरी ,२ , २०२०

Bicycling in the Bay