ब्लग

कोरोना अझै छ , मास्क खोल्न किन हतार !

कोरोना अझै छ , मास्क खोल्न किन हतार !

हेर्दा हेर्दै हामीले सोचनै नसकेको यो कोरोना महामारीसँग जुझेकोपनि अब त दुई वर्ष पूरा भएको छ । अमेरिका लगायत संसारभरका मानिसहरू अहिले यसबाट कसरि र कहिले सम्ममा छुटकारा पाउने हो भन्ने बारेमा जान्न चाहन्छन । मानिस स्वतन्त्र भएर बिना मास्क हिड्न हतारिरहेका छन् भने हाल अमेरिकाका विभिन्न राज्य र शहरहरूले मास्किंग आवश्यकताहरू खुकुलो गर्दै लादैछ । संघीय अधिकारीहरूले हाल कोविड संकटको चरणबाट बाहिर निस्किरहेको बताएका छन्। तर अमेरिकाभरका धेरै मानिसहरूले उनीहरूका लागि आपतकालीन अवस्था जारी रहेको बताएका छन्। उनीहरु अझै पनि डराएका छन् भने यो मास्क लगाउदा केहि रोकथाम हुन्छ भने किन यसलाई खोल्न हतार गर्नु , यस्ता प्रतिक्रियाहरु थुप्रै सुनिन्छन।
बिहीबार, क्यालिफोर्निया पहिलो राज्य बन्यो जसले घोषणा गर्‍यो कि यसले कोविडलाई स्थानीय रोगको रूपमा व्यवहार गर्ने छ र छिमेकी राज्य वाशिंगटनले पनि इनडोर मास्क जनादेश छोड्नेछ। विगत दुई हप्तामा, इलिनोइस, न्यूयोर्क र वाशिंगटन, डी.सी.ले यस्तै योजनाहरू घोषणा गरे। विगतका दिनहरुमा पनि मास्क नलगाउने घोषणा हुँदा कोरोनाको संक्रमण निक्कै बढेको थियो त्यसैले धेरै मानिस अझैपनि संक्रमणको खतरा वास्तवमै कम भएको कुरामा विश्वस्त छैनन् , केही कामदारहरू, महामारीविद्हरू, त्यसैले सरकारले जे भने पनि आफु मास्क लगाएरै सार्बजनिक स्थान मा जाने जानकारी आफुले केहि संग सोधपुछ गर्दा पाएको जानकारी हो । आफ्नो अवस्था र स्वास्थयको ख्याल गरेर यसको प्रयोग गर्ने बानी बसाउ दा सायद आफैलाई सुरक्षा दिन मदद पुग्नेछ मेरो आफ्नै अनुभवमा पनि बिगतका बर्षहरुमा लगभग हरेक साल फ्लु को सिजनमा रुगा खोकी लाग्ने र त्यसले निक्कै सताउने गर्थ्यो भने हाल नियमित मास्क लगायएदे खी यो सबबाट एकप्रकारको छुटकारा पाएको अनुभव छ।

हाम्रो जीवन कालकै सबैभन्दा डरलाग्दो महामरिसित सजिलै जित्न आजको अत्याधुनिक चिकित्सा बिज्ञान समेत सकी रहेको छैन। विश्वभरिका वैज्ञानिकहरु पनि यसको अनुशन्धान र रोकथाम साथै न्यूनीकरणमा लागेका छन्। पहिलो दोश्रो र बुस्टर गरेर तीन तीन वटा यसको भ्याक्सिन आएता पनि यसबाट जोगिन सकेको छैन । त्यसैले यस महामारीसित जुझ्न केही अप्ठ्यारा छन् र केही आशाका किरणपनि छन् । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथन लगायत अन्य विज्ञहरुले आफ्नो अन्तर्वार्ताहरुमा कोभिड 19 सम्बन्धित थुप्रै महत्त्वपूर्ण जानकारीहरु र पूर्ण रिपोर्टहरु प्रिन्ट तथा अनलाईन पत्र पत्रिकाहरुमा बुझाउदै आएकाछन् । तर एउटा सत्य के हो भने COVID-19 हाम्रो जीवनकालमा विश्वव्यापी स्वास्थ्यको लागि गम्भीर खतराहरू मध्ये एक हो।जसले अहिले विश्वभर 140 मिलियन भन्दा बढी मानिसहरूलाई संक्रमित गरेको छ र 3 मिलियन भन्दा बढीको ज्यान लिइसकेको छ। हुन त यस अघिपनि यस्तो आपत नआएको होइन।
पछिल्लो पटक विश्वव्यापी महामारी कहिले भएको थियो? हामी धेरैलाई जानकारी भएको यो कोभिड-१९ सन् २००९ को H1N1 “स्वाइन फ्लू” प्रकोप पछिको पहिलो विश्वव्यापी महामारी हो। त्यसै गरि पश्चिम अफ्रिकामा 2014 इबोलाको प्रकोप पनि निक्कै खतरनाक रुपमा फैलिएको थियो भने 2016 जिका भाइरसको प्रकोपले समेत विश्वलाई त्रसित बनाएको थियो र ति दुवै प्रकोपलाई अन्तर्राष्ट्रिय आपतकालको रूपमा घोषणा गरिएको थियो।तर यसबेला आजको जस्तो हरेक देस, र मानिसलाई खतरा भने भएको थिएन र त्यसलाई हामी धेरैले सामान्य रुपमा लिने गरेका थियौ।
आजको दिन सम्म आई पुग्दा हामी आफै कसरि यसबाट जोगिन सक्छौ भन्ने बारेमा भनि रहन आवस्यक छैन। साथै यस महामारी कोरोनाको उत्पत्ति, कहिले, कसरि र कहाबाट भयो त्यसको बारेमा लेख्न समेत जरुरि देख्दिन तर सबैको जिज्ञासा र चासोको बिषय हो यसको अन्त्य कहिले हुने ? विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले सन् २०२२ को अन्त्यसम्ममा हामी निकै राम्रो स्थितिमा पुग्न सक्ने आशा व्यक्त गरेकीछिन । तर अहिलेको परिस्थितिमा सायदै यस महामारीबाट आफूलाई जोगाउन सबैभन्दा राम्रो उपाय भनेकै खोप लगाउनु हो। अहिलेनै हामीले यो नसोचे हुन्छ कि यसको अन्त्य चाडै हुन्छ भनेर, जसरि यसले आफ्नो स्वरुप बदलिदै नया भारस बन्दैछ त्यो क्रम चाडै रोकिन जस्तो देखिदैन र यस बिषयमा विज्ञहरु समेत केहि भनि हाल्ने स्थितिमा छैनन। त्यसैले अब हाम्रो दैनिकीमा मास्क लगाउने , र आफुलाई सचेत राख्ने बानी बसाल्नु पर्नेछ। लापरवाही र हेलचेक्राईले नै धेरै यसको संक्रमण फैलिएको हो। केही मानिसहरूले गरे जस्तै यस महामारीको अन्त्य भएको वा यसले केहि हुदैन भन्ने सोच राख्नु ठिक हुदैन। । यसबाट जोगिन सावधानी नअपनाउनु मुर्खता हुनेछ। आशा गरौ 2022 को अन्त्य सम्म हामी धेरै राम्रो स्थितिमा हुनेछौं। हामीले जानेको र बुझेको सत्य के हो भने हरेक चिज यस लोकमा उत्पति भए पछि एक दिन त्यसको अन्त्यपनि हुनेछ। त्यसैले यसको अन्त्य पनि एकदिन अवस्य हुनेछ तर त्यसको प्रभाव र स्वभाव परिवर्तित हुदै जानेछ र हामी त्यसबाट बच्ने उपायहरु अपनाउदै जानेछौ , यहि मानव जीवनले यस लोकमा जानेको , सिकेको र गरेको प्रक्रिया हो । यो एउटा चक्र हो, यो एउटा कर्म हो जुन जहाँबाट आउँछ र त्यो त्यहाँ एकदिन अवस्य फर्कन्छ। त्यसैले विश्व एकदिन अवस्यपनि यस परिस्थितिबाट मुक्त हुनेछ। यस महामारीले सिकाएको पाठ भनेको हामीले आफ्नो जीवन शैलीलाई परिवर्तन गर्नु पर्छ , योग ,ब्याम र प्रनायामलाई आफ्नो दैनिकी बनाऊनु पर्छ, त्यसो गर्न सक्यौ भने हामीले श्वास प्रश्वाससम्बन्धी अन्य रोगजस्तै कोरोनासँगपनि बच्न सिक्नेछौं । यसबाट जोगिन सायद यो नै संसारमा सबै भन्दा राम्रो प्रणाली हुनेछ। , आफुलाई निरोगी र सकारात्मक सोच बनाईराख्न के कस्तो प्रयास गर्नु पर्छ त्यसलाई प्राथमिकताका साथ पालना गरौ। अहिलेको समयमा हामीले सिकेको सबै भन्दा राम्रो पाठ भनेको यस महामारीको अन्त्य वा न्यूनीकरण भएपनि हामीले भविष्यमा यस प्रकारको रोग वा प्रकोपबाट बच्न हाम्रो आचरणमा परिवर्तन ल्यान जरुरि छ। यदि हामीलाई सामान्य श्वास प्रश्वासको रोग वा रुघाखोकी लागेको छ भने पनि मास्क लगाउने बानी बसालौ यसलाई खोल्न हतार केको लागि ?

Categories: ब्लग