कविता

भगवानलाइ पनि ट्यागगर्न पाइएला कि ?

भगवानलाइ पनि ट्यागगर्न पाइएला कि ?

समय कति गतिशील छ
बिज्ञान कति प्रगतिशील छ
थाहै न पाई समय र विज्ञानले
मान्छेलाई लाचार र परजीवी बनाउदैछ।
अब कसले कसको फोन नम्बर याद गर्ने?
सबै एउटा बटम थिचे आइ हाल्छ
अब कसले कसलाई सम्झी राख्ने?
सबै कम्पुटर ले गुगलमा लुकाई राख्छ
न बाटो कसैलाई सोध्नु पर्छ
न पानी पर्छ कि घाम लाग्छ भनेर
आकाश हेरी अड्कल काट्नुनै पर्छ।

कम्पुटर र ल्यापटप को त के कुरा
हातमा एउटा स्मार्ट फोन भए पुग्छ
दिमाग अब विज्ञानलाई बन्दक राखे हुन्छ
कसले के नै सोच्नु परेको छ र
जे चाहे पनि गुगलमा हेर भै हाल्छ
त्यतीले भएँन भने फेसबुक त छदै छ
एसो भित्तामा लेखे जस्तो गरे पुगिहाल्छ
एकै छिनमा लाइक र कमेन्टनी आइहाल्छ।

खै यो विज्ञानले अब के बनाउने हो?
थाहै नपाइ कहाँ बाट कहाँ पुर्याउने हो?
हेर्दै जाउ यसले हामीलाई एकदिन
भगवानलाई पनि फ्रेन्ड रिक्वेस्ट
पठाउन मिल्ने बनाउने होकि ?
अब मान्छेले मात्रै होइन
भगवानले पनि फेसबुक चलाउनेहोकी?
पाप र धर्मको कमेन्टपनि यहि आउने होकि ?
त्यस्तो भएछ भने साच्चै नै
भगवानलाइ पनि ट्यागगर्न पाइएला कि ?
हे भगवान कहिले कसलाई लिन आउने हो
एसो हजुरको भित्तामा पो लेख्ने हो कि ?
कति मान्छे मात्रै भुल्नेझुम्मिने यस फेसबुकमा
हजुरले पनि फेसबुक अकाउन्ट खोल्ने होकि ?

Categories: कविता