म आफ्नै मौनतामा निस्सासिएको छु !

म सोच्दै छु ,म किन चुप बसे
तर तिमि र उ पनि त चुपचाप बस्यौ !
सुरुवात त हामीबाटै हुनुथ्यो होइन र ?

दोष अरुलाई दिएर परिवर्तन हुन्छ ?
“सही सोचलेनै सुन्दर समाजको सिर्जना हुन्छ,” भनेर
तिमि र मैले संगै पढेको हैन र ?
आज किन चुक्यौ ? दोष किन अरुलाई ?

हो सुन्दै छु कोहि, “धर्म र जात परिवर्तन गरौ
यो सबको जड यहि हो “, भन्दै छन्
नराम्रो छ भनेर के आफ्नो आमा साट्ने ?
मन नपरे के आफनै सरिरको अंग काट्ने ?

हो हाम्रो सामाजिक संरचानानै  धेरै जटिल छ
बुझ्नै नसक्ने जन्जाल लाग्छ यो सब
आफनै इतिहास पल्टाएर हेर त
हाम्रो सभ्यता र अस्तित्व
ख्रीष्टको जन्म भन्दा
हजारौं वर्ष पुरानो छ
के तिमीलाई गर्ब लाग्दैन ?
आफ्नै इतिहास र सभ्यताको ?

हो समय अनुसार
परिवर्तन र सुधारको खाचो छ
तर घृणा र नकारात्मक सोचले हैन
प्रेम र सकारात्मक सोचले गर्नु छ  ।

हामी जहाँ छौ त्यहि केहि राम्रो गरौ 
सुरुवात त गर्ने पर्छ हैन र ?
चाहे त्यो सानो होस् वा ठुलो
कति सजिलै अरुलाई मात्र दोष दिन्छौ ?

विभेद , घृणा र द्वेसले त
आफैनै बिनास हुने हो, हैन र ?
किन तिमि बोल्दैनौ ? ह ?
 

आज हामीले जे भोगिरहेका छौ
त्यो हाम्रै मौनताको कारण हो
अझै कति चुप बस्ने ?
म आफ्नै मौनतामा निस्सासिएको छु
थाहा छैन तिमि कस्तो महसुस गरिरहेका छौ ?

 

Categories: कविता