कथा

मृत्युलाई जितेको त्यो पल !

रातको एघार बजी सकेको थियो, र ११.५ मा अन्तिम ट्रेन थियो उसको रुटको, नत्र फेरी दुइवटा ट्रेन फेरेर जानुपर्ने बाध्यता थियो। एकैस्वासमा उ स्टेसन पुगेर ट्रेन चड्ने लाइनमा खडा भयो, हतार हतार मा उ झन्डै एकजना केटिसित ठोकिन पुग्यो, हदबडीमा उसले सोसियल डिस्टेन्स समेत भुलेर अघि बढेको थियो । उसलाई त्यस केटिले कर्के नजरले सांकेतिक नजरलेनै तिरस्कृत तरिकाले हेरी र आफ्नो फोनमा टाउको लगाई। त्यतिनै खेर ट्रेन आइपुग्यो र सबै दौडिए आआफ्नो सिटतिर।

उसलाई आज सामान्य भन्दा धेरै थकित महसुस भएको थियो। कारण एकजना कर्मचारीले सिक (बिरामी) कल गरेको थियो र उसले बाध्यताबस केहि दिन एता उसको काम गर्ने ग्रोसरी स्टोरमा १४ देखि १६ घण्टा काम गर्नु परेको थियो, एक महिना अघिनै राज्यपाल (गभर्नरले) कोबिद- १९ (covid -19 ) को महामारीको कारण, ( shelter in place ) सेल्टर इन प्लेसको घोषणा गरि सकेको थियो। तर उ भने नियमित ट्रेनको यात्रा गर्दे काममा गई रहेको थियो।
यो महामारीको प्रकोप अमेरिकाको साना , ठुला सहरहरुमा केहि महिना देखिनै उच्च जोखिमको रुपमा फैलिएको समाचारमा आईरहेको थियो। दिन प्रतिदिन झन् झन् भयावह स्थिति सिर्जना भै रहेको थियो। उसकोलागि यो विशेष गरी गाह्रो सप्ताहन्त थियो। भोलि बिहानै फेरी काममा जानु थियो , उ काम गर्ने स्टोर यस महामारीमा बन्द नहुने जानकारी उसको म्यानेजरले दिएको थियो।

उ संगै काम गर्ने अन्य धेरै अमेरिकी कर्मचारीहरु काममा आउन छाडी सकेका थिए, सबै बिरामी बिदा लिदै बस्न थालेका थिए। उ पनि बिदा लिएर बस्न त सक्थ्यो तर यो उसको बाध्यता थियो किनकी भर्खर केहि महिना अघिमात्र छोरीको बिहेको लागि उ नेपाल गएको थियो, जुवाई अमेरिकाकै हुनाले बिहे पछि एउटी छोरी जो नेपालमै मेडिकल पड्दै थिई र उनीहरुसित त्यस बेला अमेरिका आउन नचाहेको तर अहिले परिस्थितिबस उसलाई ल्याउन कानुनी अड्चन आएको थियो। त्यसैले बिहे गराएर ल्याउने सोचले उसले यो कदम चलेको थियो। त्यसैले छोरीको बिहेमा धेरै खर्च भएको हुनाले अहिले ओभर टाइम काम गर्न बाध्य थियो उ। उसको श्रीमती र छोरा भने नेपालमै छोरीको बिहे देखि बसेका थिए उ मात्र अमेरिका फर्किएर आएको थियो। केहि दिनपछि श्रीमती र छोरा आउने प्लेन समेत यहि महामारीको कारणले रद्द भएकोले उतै बस्न बाध्य बनेका थिए। अहिले विश्व भरिका अन्तरास्ट्रिय हवाई जहाजहरु उड्न छाडेको पनि महिना दिन हुन् लागि सकेको छ।
केहि दिन देखि उसको सरिर र खुट्टामा दुखाइ बढ्न थालेको थियो र मनमा एक प्रकारको भय उत्पन्न भइ रहेको थियो। घरमा पुगेर नेपालबाट ल्याएको सिटामल खाएर सुत्ने सोची रहेको थियो अचानक त्यहि केटिले , हप्काई “ किन मास्क नलगाई ट्रेन मा यात्रा गरेको , “यु लुक सिक टू” , उ आफुलाई सम्हाल्न खोज्दै , सरि भन्छ र हतारमा मस्क लगाउनै भुलेकोले ब्याग खोतल्न थाल्छ त्यहि हड्बडीमा उ अचानक खोकन थाल्छ , त्यो देखे पछि सबै उसको छेउ छाउमा बसेकाहरु एता उता दगुर्न थाल्छन , सबैले उसलाई कोरोना संक्रमित ठानेर टाडा हट्न थाल्छन। उ भने केहि बोल्ने सक्दैन र आखा चिम्म गरेर निदाएको जस्तो गर्न थाल्छ। एकै पलमा उ चढेको ट्रेनको डब्बा खाली खाली हुन्छ। उ मन मनै सोच्न थाल्छ कतै मलाइ कोरोना भाइरस त लागेको छैन ? हुनपनि गएको एक हप्ता जति भएको थियो सरिर दुख्ने र राति एक प्रकारको ज्वरो जस्तो आउने , तर अधिक कामको चापले होला भनेर उ त्यति वास्ता गरि रहेको थिएन। सधै बेलुका घरमा गएर ज्वानो, बेसार र मह मिसाएको पानी पिएर सुत्ने गरेको थीयो।
अचानक ट्रेनले आफ्नो गन्तब्य आइपुगेको घोषणा गर्यो र उ हतार हतार ट्रेनबाट निस्किएर आफ्नो डेरा तिर लाग्यो। बाहिर निस्किएर हिड्दा बाटोमा उसलाई निक्कै जाडो लागेर काँपिरहेको महसुस गर्छ। उसको सरिरपनि सिथिल र लाचार भई सकेको महसुस गर्छ। उ एक्लै सुनसान बाटो हुदै घरतिर लाग्छ। मन भरि डर र त्रास हुन्छ , झन् मध्य रातमा बाटो अरुदिन भन्दा सुनसान र चकम्मन थियो , यो बाटो सधै व्यस्त हुने गर्थ्यो तर अहिले एकदम चकमन्न थियो। प्राय सबै अफिसहरू बन्द भएकोले हरेक ठाउमा ट्राफिक एकदम पातलो वा सुन्य प्राय भएको थियो। उ एक्लै आफ्नो डेरा तर्फ लागि रहेको हुन्छ , अचनाक उसको अघि सबै अन्धकार छाउछ र त्यहि नजिक बस बिसौनी अघिको लामो बेन्चमा केहि क्षण आराम गर्न थचक्क बस्छ।
आजको ट्रेनको घटनाले उ बिचलित र त्रसित भई सकेको थियो , त्यहि माथि दिन रात सोसियल मिडिया र पत्र पत्रिकामा बिश्वभरि यस भाइरसले आतंक मच्चाएको खबर पडी रहेको थियो जसले अझ बादी भय र त्रास उत्पन्न गरेको थियो।
अचनाक उसको मनमा आगो सल्किएको थियो उसको मनोबल पूर्ण रुपमा टुक्री सकेको थियो ।उसलाई न त केहि खान मन थियो न कोहि सित केहि बोल्न्नै , उसको सरिर एकै क्षणमा हिउ जस्तो चिसो भएर आएको थियो , फेरी केहि क्षणमै खै कसरि हो ज्वालामुखी जस्तै सरिर तातेर आउछ र सरिर पसिनाले भिजेको जस्तो महसुर गर्छ। अचानक उसलाई स्वास फेर्न गाह्रो हुन थाल्छ। उसको मस्तिस्क्ले काम गर्न छाड्छ र उसको दिमाग सुन्य बन्छ , त्यसपछि उसलाई केहि थाहा हुदैन। सायद उ बेहोस भएको हुनुपर्छ।

उसलाई लाग्यो उसलाई लिन प्यारामेडीकहरू आइपुगे र उसलाई एम्बुलेन्समा हालेर कहिँ लै जादै छ। उ असहाय र बिवस भएर हरेक घटना क्रम हेरी रहेको छ , केहि क्षणमा त्यहाँ डाक्टर , नर्स र बिरामीहरु निकै भयभित अवस्थामा एता उता गरि रहेका देख्छ , मान्छेहरू चारै तिरबाट आइरहेका हुन्छन , हरेक पल फोनको घण्टी बजी रहेको सुन्छ। मानौ त्यहाँ एकदमै असामान्य हलचल भई रहेको छ ।

अब उसले आफुलाई अस्पतालको बिसेष कक्षमा पाउछ। पल भरमै उसको भाइरस टेस्ट गर्न नाकबाट स्वाब लिइन्छ , तत्कालै उसको छातीको एक्स-रे पनि गरिन्छ ।उ केहि सोच्नै सक्दैन यो पलभरमै “के भइरहेको छ?” उसलाई महसुस हुन्छ उसको मुखमा अक्सिजनको मास्क लगाइएको छ र उसलाई अन्य थुप्रै बिरामी भएको वार्डमा सारीएको छ। उसको आफन्त वा चिने जानेको कोहि छैन उसको वर पर। उ नितान्त एक्लो र असहाय महसुस गर्छ र पशुपति नाथलाई सम्झेर प्रार्थना गर्न थाल्छ , हे प्रभु यो के भई रहको छ मलाई ? म कहाँ छु अहिले ?
एसो टाउको घुमाएर उ अर्को बेडमा हेर्छ त्यहाँ एउटी बुडी नारि त्रसित हुदै उसको लोग्ने लाई हेरी रहेकी हुन्छे , उनी नजिक आउन सकिनन् सायद उसलाई भाइरस सर्छ भन्ने डर लागेको हुनसक्छ। त्यस बेला उसले आफ्नो हृदयमा एकदमै पीडा महसुस गर्छ , सायद यस्तो पिडा उसले आज सम्म कहिले अनुभव सम्म गरेको थिएन।
उसको नजिकै अन्य छ वटा ओछ्यानहरू देख्छ र त्यहाँ सबै कोरोना संक्रमितहुनु पर्छ जस्तो लाग्छ उसलाई। उ पनि त सुगर र उच्च रक्तचापको औषधि लिदै गरेको थियो र यस्तोमा उसलाई संक्रमण हुने उच्च जोखिम हुन्छ भनेर उसले पत्र पत्रिकामा हरेक दिन अध्यन गरि रहेको थियो।
चारै तिर केवल नर्सहरू आउँदथे औषधि दिन्थे र केहि आएर सर सफाई गर्थे तर उसलाई हेर्न अहिले सम्म चिनेको आएका थिएनन् । मात्र त्यहाँ डाक्टर र नर्सहरू देखिन्थे सायद उनीहरु प्रतिदिन १०- १२ घण्टा काम गर्दै थिए। उनीहरू एकदम थकित देखिन्थे। उसलाई यो पनि थाहा हुदैन किन उसलाई यहाँ कसले र कहिले ल्याइएको हो भनेर।
उसको नजिकको बिरामी पानी माग्दै थियो छेउमा रहेको उसकै श्रीमतीले पानी दिन हिच्किचायो र नर्सलाई बोलाई। नर्सले पानी दिएपछि उसको सामु आई र सोधी तपाइलाई पनि केहि चाहिन्छ ? उसले सोध्यो त्यो के को बिरामी हो ? उसले भनि उ “जीवनको अन्तिम स्वास लिदै छ अन्तिम स्थितिमा छ उसको फोक्सोले काम गर्न छाडी सकेको छ ” उसलाई लाग्यो चारै तिर डाक्टर र नर्स हैन यमदुत घुमी रहेकछन र सबैको जाने समय पर्खि रहेका छन् । अचानक अर्को बिरामीले जोडले पुकार्यो , “डाक्टर सेभ मि आई कान्ट वृथ” म पनि त त्यस्तै मृत्युसित जुझी रहेको छु , कुनबेला सम्मको लागि हो। खै म कहाँ छु मेरो श्रीमती, छोरा कहाँ होलान , कतै उनीहरुलाई पनि कुनै अस्पतालको बेडमा सुताई राखेको छैन ? यो कस्तो दिन आयो ? विश्वको शक्तिशाली रास्ट्र हरु अहिले निरिह बनेको छ एउटा जाबो भाइरस सित ? मलाइ भय र रिस संगै उठी रहेको छ , के म फेरी फर्के आफ्नालाई भेट्न पाउछु ? अचानक उ भयभित र ससंकित हुन्छ, “के म जिउदै छु ?”होईन, म मरेको छु जस्तो मलाई लाग्दैन, किनकि मलाई लिन यमदुत आएको छैन। त्यतिनै खेर एउटी नर्स कराउछे
“उ गयो ।” मेरो छेउको त्यो बृद्ध मानिस मरि सकेछ। उसले सोच्यो अब त्यो बेडमा अर्को मृत्यु रोज्न आउने छ , सबैलाई बाच्ने ईच्छा हुदा हुदै पनि यस रोगले सबैलाई लाने भयो।
केहि बेरमा त्यो लास लाई एउटा प्लास्टिक को ब्याग जस्तो थैलोमा हालिन्छ र त्यहाँ बाट लगिन्छ , सायद उसको आफन्तले समेत देख्न पाउने छैन अन्तिम श्रद्धान्जली दिन पाउने छैन। कसले दाह संस्कार गर्छ , सायद मेरो लासपनि लावारिस कुनै कुनामा केहि दिन रहने छ र सामुहिक दाह संस्कार गरिने छ। यस्तो सोचले झन् उ बिचलित हुन्छ। चारै तिर अन्धकार भएको महसुस गर्छ र आखा चिम्म गरेर सुत्ने कोसिस गर्छ।
केहि समय पछि एसो टाउको घुमाएर हेर्दा अर्को लासपनी त्यहि वार्डबाट ठुलो प्लास्टिकको थैलो मा हालेर लादै गरेको हुन्छ। उ चारै तिर नजर घुमाउछ थुप्रै ओछ्यानहरु खाली हुदै थियो। त्यो सोचाइले उसलाई झनै बिचलित पार्यो।
अर्को कुनामा एकजना बिरामी कोमामा गइ सकेको हुन्छ , उसलाई कसैले ,”बुवा, बुवा, म आए अब ठिक हुन्छ, कस्तो छ अहिले ? “, भनेर जोड जोडले बोलाउदै गरेको सुन्छ तर उसको बुवा अचेत भएकोले छोरालाई केहि जवाब फर्काउन सक्दैन। यो सब दृश्य उसको लागि एकदमै कष्टकर हुन्छ।तर उ एक प्रकारले सिथिल भई सकेको हुन्छ।
अचनाक उसको बाच्ने चाहना बढेर आउछ र फेरी सोच्छ , हामीत नेपालको जडी बुटी खाएर हुर्केको हाम्रोमा अरुको भन्दा धेरै रोगसँग लड्ने क्षमता छ भनेर छोरीले फोनमा भनेको सम्झन्छ र आफुलाई मजबुत बनाउन आफैलाई हौसला दिन खोज्छ। मैले यसरी हरेस खाएर हुदैन मैले संघर्ष गर्नु पर्छ , म पहिलो र दोश्रो विश्व युद्दमा लड्ने ति बिर गोर्खा सन्तानको छोरो हु। यस जाबो भाइरस संग किन लड्न सक्दिन , मैले यसलाई जित्नै पर्छ। म अब उठ्नै पर्छ यो बिमारीहरुको लाईन मा यसरीनै सुत्ने हो भने म पनि लास बन्न बेर लाग्दैन। म अहिले मर्नै सक्दिन मेरो लागि मात्र होइन म मेरो परिवार, सन्तान, आफन्त र साथीहरूको लागि भएपनि बाच्नु पर्छ । म मर्छु त मेरै देसमा गएर मर्छु , हे पशुपति नाथ , हे मनकामना माई मलाई शक्ति दिनोस, मैले त्यस्तो के कर्म गरेको छु र मलाई यस्तो सजाय दिन्छौ। हे भगवान बुद्ध मैले जीवनमा कुनै राम्रो कर्म गरेको छु र अझै गर्न बाकि छ भने मलाई बचाउनु होस्। म बाच्न चाहान्छु। उ दृढ संकल्प गर्छ र नर्सलाई बोलाउछ।
मिल्छ भने अब घर जान चाहन्छु , मलाई अहिले केहि भएको छैन, मलाई सन्चो हुदै छ। म अब यहाँ धेरै बसे भने बरु मेरो आत्मबल क्षीण भएर मर्न सक्छु। मलाई डिस्चार्ज गरिदिनुस।
उसले इटालीको घटनामा सुनेको थियो कि धेरै मानिस यो कोरोना भाइरसले भन्दा त्यसो डर त्राश र मनोबल कम्जोर भएर मरी रहेका छन। अब म अस्पतालमै बस्ने गल्ती गर्दिन यहा दिन प्रतिदिन म कम्जोर हुदै छु र अझ धेरै संक्रमित हरुको बिचमा झनै कम्जोर हुनेछु। किनकि यो एक उच्च जोखिम कोविड वार्ड हो र उनीहरू सबै मर्दैछन , मैले बाच्नु छ । “
उसको कुरा सुनेर नर्सले डाक्टरसित सल्लाह गर्छु भनेर बाहिरियो र केहि क्षणपछि नर्स र डाक्टरको टोलि आएर उसको रगत, अक्सिजन लेभल , रोग प्रतिरोधक क्षमता जाचेर गए , केहि बेर पछि सोहि डाक्टरले आएर जानकारी दिए कि “अचानक हिजो र बिहानको भन्दा तपाईको स्थितिमा सुधार आएको छ , म तपाईको उच्च मनोबलको कदर गर्छु , तपाइले यस रोगलाई जित्न सक्नु हुनेछ , तर हामी विडियो कल बाट नियमित तपाइको सम्पर्कमा हुनेछौ। आज तपाईलाई डिस्चार्ज गर्न पाउँदा हामी सबै खुसी छौ “, उ धेरै उत्साहित हुदा डाक्टर र ईश्वरलाई एकै रुप देख्छ।हृदयबाट उसले डाक्टर र नर्सलाई धन्यबाद दिन्छा, केहि कागज पत्रमा सहि गरिसकेपछि उ उत्साहित हुदै मन मनै भन्छ म बाचेर घर जाँदै छु, मैले मृत्युलाई जितेर पुन नया जीवन पाएको छु। उसको साथमा उसको आफ्नो फोन समेत हुदैन थाहा छैन कसरि उ यहाँ सम्म आइपुग्यो कसले ल्यायो सबै उसलाई सपना जस्तो लाग्छ। उसकोमा फेर्ने लुगा समेत हुदैन। त्यहि अस्पतालको लुगामा उसले नर्सलाई घरमा फोन गर्न आग्रह गर्छ, त्यहि बेला नर्सले उसको फोन र वालेट ल्याएर दिन्छ। उ तुरुन्तै आफ्नो श्रीमतीलाई नेपालमा कल गर्छ , उता श्रीमती भने केहि दिनदेखि आफ्नो पतिको फोन पनि नआएकोले घरमा पागल सरह भएकी हुन्छे। आफन्त चिने जानेको सबैलाई फोन गर्दा समेत केहि पत्ता लगाउन सकेको हुदैन ,नेपालमा सबै लक् डाउन मा बसेको हुनाले कहिँ कतै जान समेत सक्दैन। सबै यस जोखिम परिस्थितिमा आफ्नो घरमै बसेका हुन्छन । अमेरिकामा पनि उसले चिने जानेको सबैलाई फोन गरेर सोधी रहेको हुन्छ तर कसैलेपनि उसको जानकारी दिन सक्दैन।
उसले सम्पूर्ण घटना आफ्नो श्रीमतीलाई सुनाउछ र भगवानलाई सम्झन्छ। उताबाट श्रीमती भन्दै गरेकी हुन्छे आज बुद्ध जयन्ति हो , भगवान बुद्धले हजुरलाई नया जीवन दिनु भयो। सायद वहालेनै तपाइलाई बचाएको हुनु पर्छ। धन्य छ प्रभु मेरो श्रीमानलाई नया जीवन दिनु भएको मा।
उसले सम्झन्छ हो भगवान बुद्धले मलाई नया जीवन दिनु भयो। म कति भाग्यशाली रहेछु।मेरो प्रार्थना सुन्नु भयो। मलाई सकारात्मक सोच र मनोबल चमत्कारिक रुपमा प्रदान गर्नु भयो। मैले अझै धेरै गर्नु छ यो भौतिक संसारमा। यहाँ आफु मात्र बच्ने हैन सबै एक अर्का सित मिलेर बस्नु पर्छ, ईस्वरले कहिले काहिँ आफ्नो सन्तानलाई परिक्षा लिने गर्छन। यसमा हामी सफल हुनु पर्छ। उसलाई लाग्छ अहिले सवैतिर सुद्ध हावा चलि रहेको छ , बाहिर उसलाई सुद्ध हावामा स्वास फेर्दा लाग्छ मैले यो विश्वको सौन्दैर्य लाई जोगाउनु छ , यसको इको सिस्टमलाई जोगाउन केहि गर्नै पर्छ। छेवैमा एक जोडी चरा भयमुक्त भएर चरी रहेको हुन्छ र पर एक हुल टर्की चराहरु बाटो काटी रहेका हुन्छन ।

नोट: अहिलेको परिस्थिलाई मध्य नजरमा राखेर कसरी आफ्नो आत्मबलले यस महामारीलाई जित्न सकिन्छ , त्यसैको आधारमा तयार पारिएको यो एउटा काल्पनिक कथा हो। – लेखक