के तपाईंलाई थाहा छ अमेरिकामा ४ जना हाईस्कुल का बिद्यार्थीहरुमा ​​१ जनाले इ-सिगरेटको प्रयोग गर्छन्?

 

Did you know that 1 in 4 high school students uses e-cigarettes?
अमेरिकाको तथ्यांक अनुसार राष्ट्रिय रूपमा 3.3 मिलियन मिडल र हाई स्कूलका विद्यार्थीहरूले इ-सिगरेटको प्रयोग गर्छन् , जसको अर्थ यो हो कि यदि तपाईंको बच्चाहरूले ई-सिगरेट प्रयोग गर्दैनन् भने पनि उनीहरूसँग लगभग ३ , ४ जना साथीहरू छन् जसले नियमित रुपमा यसको प्रयोग गरि रहेका छन् र यो उमेरमा देखा सेखी गर्ने र आफुलाई अब बयस्क भएको देखाउन समेत यस्ता लतहरु अपनाउने गर्छन। युवामा इ-सिगरेटको प्रयोग केहि बर्षको बीचमा दोब्बर भन्दा बढी प्रयोग देखिएको छ जसको रोकथाम गर्नसकेन भने यसले अहिलेका युवा पिडीलाई निक्कै प्रभाव पार्ने छ। जुन अमेरिकी सर्जन जनरलले यस समस्यालाई “महामारी” घोषितगरेको छ ।

बच्चाहरूलाई यसको  बढ्दो खतराबाट जोगाउन आमा बुवाहरूले बुझ्नु पर्छ कि ई-सिगरेट कति प्रचलित छ – र यसको गम्भीर स्वास्थ्य जोखिमले  उनीहरूका युवा सन्तानलाई यसले सखाप पार्न सक्छ । यी धेरै उत्पादनहरू कलमहरू वा फ्ल्यास ड्राइभहरू जस्तै देखिन्छन्, र उनीहरूलाई घडीको रूपमा वा अन्य सामग्रीको रुपमा सजिलै प्रयोग गर्न सकिन्छ वा (hoodies) हुडीको खल्ती वा डोरीको लाइनमा सजिलै लुकाउन सकिन्छ। यी भेषले बच्चाहरूलाई आमा बुबा र शिक्षकहरूबाट लुकाउन मद्दत गर्दछ, अहिले आएर बजार मा उपलब्ध हुने ई-सिगरेटलाई हेर्ने हो भने यसले पनि बच्चाहरुको चाहाना र रोजाई अनुकूलको स्वादको र रंग , रोगन र चाहाना अनुरुपमा सहजै उपलब्ध हुने र बेचिने गरिन्छ। जस्तै गम्मी भालु र केरा आइस देखि आम र पुदीनाको स्वादमा आकर्षक रुपमा लोभलाग्दो रुपमा बेचिन्छ । अध्ययनहरूले पत्ता लगाएको छ कि धेरै जसो युवाहरू ई-सिगरेटमा बिसेष स्वादयुक्त उत्पादनहरू प्रयोग गर्छन् र भन्छन् कि उनीहरूले यी उत्पादनहरू यस कारण प्रयोग गर्छन् “किनकि तिनीहरू मलाई मन पर्ने स्वादहरूमा आउँदछन्।” यी स्वादहरूले ई-सिगरेटले निकोटिनको विशाल डोज वितरण गर्न सक्दछ भन्ने तथ्यलाई लुकाउँछ जुन अत्यधिक लत लाग्ने औषधि हो।जसको बारेमा धेरै अनिभिग्य छन् भने केहीलाई थाहा छ तर लत  बसिसकेको हुनाले छोड्न सक्दैनन्। साथै यी बस्तुहरु युवाहरुलाई आकर्षित गर्न र प्रयोग गर्न बनाइएको हुनाले उनीहरुले सजिलै सित आफ्नो पाठ्यक्रम को झोलामा आफ्नो कपडामा र आफुले प्रयोग गर्ने स्थानमा राख्दा समेत धेरै अभिभावकलाई थाहै नहुन सक्छ। यी धेरै उत्पादनहरू बिद्यार्थीहरुले प्रयोग गर्ने कलमहरू वा फ्ल्यास ड्राइभहरू जस्तै देखिन्छन्, जसको कारणले यी बस्तुहरु निर्धक्क रुपमा बच्चाहरूले आमा बुबा र शिक्षकहरूबाट लुकाउन वा झुक्काएर प्रयोग गर्न मद्दत गर्दछ, साथै अभिभावकले बिसेष गरेर कुना काप्चा र लुकाउने स्थानमा हेर्ने गर्छन तर उनीहरु भने निर्धक्क रुपमा आफ्नो पुस्तक वा ल्यापटप को ब्यागमा Pen वा Pendrive जस्तै नलुकाई अगाडिनै राख्छन ताकि कसैले संका नगरुन।।

अमेरिकामा सन् 2016 मा “सर्जन जनरलको रिपोर्टले” निष्कर्ष निकालेको थियो कि युवाहरूले ई-सिगरेट जस्ता कुनै पनि किसिममा निकोटीनको प्रयोग असुरक्षित छ, यसले नशा दिन्छ र किशोरको दिमागमा यसले उसको विकासक्रममा यसले हानी पुर्‍याउँछ, जसले किशोर किशोरीमा आफ्नो अध्यनमा ध्यान, मेमोरी र सिक्ने प्रभाव क्षमता समेत प्रतिकुल प्रभाव पार्छ। ई-सिगरेटले पनि प्रयोगकर्ताहरूलाई हानिकारक र कार्सिनोजेनिक रसायनहरू जस्तै formaldehyde र lead को असर पर्न सक्छ। अध्ययनहरूले पत्ता लगाएका छन कि युवाहरू जसले ई-सिगरेट प्रयोग गर्छन् उनीहरू धूम्रपानपनि गर्ने बढी सम्भावना हुन्छ।यो एउटा चुनौती पूर्ण र जोखिम युक्त भएको ले युवा अवस्थामा वा किशोर बिध्यर्थिहरुमा इ-सिगरेटको प्रयोग रोक्न, स्वास्थ्य वकिलहरूले उनीहरुलाई मन पर्ने स्वादको ई-सिगरेटमा व्यापक प्रतिबन्धको लागि आग्रह गरिरहेका छन्। तपाईंले राष्ट्रपति ट्रम्पको घोषणाले केही स्वादयुक्त ई-सिगरेटहरू प्रतिबन्धित गरेको पढेको वास सुनेको हुन सक्छ, तर यो तपाईंलाई थाहा नहुन सक्छ कि यस नीतिमा बच्चाहरूलाइ आकर्षित गर्ने हजारौं स्वाद, उत्पादनहरूलाइ छुट दिने खालका loophole छन्।

यसमा सस्तो, डिस्पोजेबल ई-सिगरेटहरू चहकिलो र आकर्षक रंग, मीठो स्वादहरूसहित, र निकोटिन युक्त ई सिग्रेट प्राय सबैउपलब्ध स्वादहरूमा समावेश हुने गर्छन। यो यसको रुक ठाम अरु कसैले गर्न सक्दैन यदि तपाइँ हामि एक जुट भएर आफ्नो बाल बालिकालाई यसको दुस्प्रभाव्को बारेमा खुलेर कुरा गरेनौ भने यो हाम्रो सामाजिक दयित्वपनि हो। हाम्रा बच्चाहरूलाई यसको दुसप्रभाव र हानिबाट बचाउन बिबिध स्वाद युक्त, लोभलाग्दो र आकर्षक ई-सिगरेटको उत्पादनमा पूर्ण प्रतिबन्धको आवश्यकता छ।केहि अन्जान अभिभावकहरु मनोरंजन कै लागि पनि यसको प्रयोग गर्छन र सोच्छन किन चुरोट खान भन्दा बरु यो ई चुरोट पिउदा उनीहरु कुलतमा फस्ने छैनन् तर यो गलत हो किनकि उनीहरु यस लतमा बिस्तारै फसी रहेका छन्। यस तर्फ हरेक अभिभावकले समय हुदै सोच्नु जरुरि छ। यो धेरै डरलाग्दो समाचारहरू हो।

अमेरिकामा मानिसहरू यो समस्यासित लडिरहेका छन् र केहि यसको रोक लगाउन समेत प्रयास गरि रहेका छन् , तपाईं पनि यसको रोकथाममा सक्रिय भएर घरबाटै यसको सुरुवात गर्न सक्नुहुन्छ! थुप्रै  राज्य र शहरहरूले स्वाद युक्त ई-सिगरेट र अन्य स्वादिष्ट तम्बाकू उत्पादनहरूमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ । कांग्रेसले सोही कार्य गर्न बिलमा विचार गरिरहेको छ, “Reversing the Youth Tobacco Epidemic Act.”(युवा तम्बाकू महामारी ऐनलाई उल्टाउनु हो)। त्यसकारण सबै तहमा तपाइँका निर्वाचित अधिकारीहरूसँग सम्पर्क राख्नुहोस् र उनीहरूलाई बच्चाहरूलाई सुरक्षाको लागि कार्य गर्न आग्रह गर्नुहोस्। तपाइँका बच्चाहरूसँग इ-सिगरेटको स्वास्थ्य जोखिमहरूको बारेमा कुरा गर्न र उनीहरूसँग खुला कुराकानी गर्न महत्त्वपूर्ण छ। उत्पादनहरू जान्नुहोस्, जोखिमहरू चिन्नुहोस्, प्रयोगका संकेतहरू चिन्नुहोस्, र निश्चित गर्नुहोस् कि तपाईं अमेरिकामा बढ्दो स्वास्थ्य संकटको विरुद्ध आफ्ना बच्चाहरूलाई सुरक्षा दिन सक्नुहुन्छ। note : यो लेख NewsUSA site बाट जनहितको लागि नेपालीमा उल्था गरेर तयार परेको हो। For more information,visit tobacofreekids.org/ecigarettes.