एउटा फरक घेरा भित्रको समाजसेवी

कथा साहित्य :


पेसाले उ डाक्टर हो , तर सेवा भावनाले हेर्ने हो भने उ एकदमै कर्मठ समाज सेवी हो। उसले बनाएका वा सौजन्य प्राप्त नेपालका दुर्गम जिल्लाहरुमा दर्जनौ स्कुलहरु, स्वस्थ केन्द्रहरु अहिले पनि संचालित छन्। तर अमेरिकामै रहेका हजारौ नेपाली संघ सस्थाहरुमा नउसको कुनै नाम छ नकुनै लोकप्रियता ।
हो उसले गर्न नचाहेको भने अवस्य होइन। तर उसको ब्यस्त समय र आफनै पेसासित सम्बन्धित व्यक्तित्व र संस्थामा रहेर काम गरिरहेको हुनाले त्यसबाट हत्त पत्त निस्किएर आउन उसलाई निक्कै हम्मे हम्मे पर्छ। उ एउटा अलग समुह, विचार र आस्था बोकेर आफनो काम कर्तब्य र जीवनलाई अघि बढाइ रहेको छ भनौ उ कम्प्युटरको Cloud ( बादल जस्तै एउटा घेरा भित्र पासवर्ड द्वारा सुरक्षित चादीको घेरा जस्तै सुरक्षित छ जहाँ अर्को व्यक्ति वा प्रयोगकर्ताले छिर्न समेत सक्दैन)। त्यसैले उसको त्यो संसारबाट यहाँ रहेका नेपाली समाज अहिले पनि अनभिज्ञ छ वा चाहेर पनि पुग्न सकी रहेको छैन। हुन पनि उ जतिबेला अमेरिका आएको थियो त्यसबेला औलामा गन्न मिल्ने नेपालीहरु थिए । अहिले को जस्तो जता ततै नेपाली हरु थिएनन्। उसलाई अस्सिको दसकमा एउटा अमेरिकि परिवारले लिएर आएको थियो। यहीको स्कुल र शिक्षाले डाक्टर बनेर सेवा पुर्याई रहेको पनि अहिले धेरै भई सक्यो। त्यसैले उ यहा रहेको नेपाली समुदायसित प्रत्यक्ष सम्पर्क समेत आउन सकिरहेको छैन।
उसको आफनै पेसासित सम्बन्धित समुह छ र त्यहि समुहद्वारा संचालित संग संस्थामा बसेर सेवा गरि रहेको छ। उ यहाँ रहेका संघ संस्थाको कार्य शैली भन्दा धेरै फरक सोच र बिचार लिएर काम गर्ने हुदा उसलाई सस्तो लोकप्रियता मन पर्दैन र उसलाई बर्षभरिमा हुने जातिय धार्मिक, राज्ञितिक. सामाजिक , क्षेत्रीय र विभिन्न खाले fund raising को नाममा हुने कार्यक्रमहरु जुन ४० देखि ५० को हाराहारीमा हुने गर्छ त्यहाँ उ बिरलै पुगेको हुन्छ । वास्तबमा भन्ने हो भने एति धेरै नेपाली समुदायको कार्यक्रमहरुमा जाने फुर्सद पनि छैन उसलाई । साथै न त उसकोमा कुनै मंचमा खादा लगाएर भासन गर्ने समयनै छ।
आफ्नो काम, कर्तब्य , सेवा र पारिवारिक जीम्मेवारी र बार्षिक बिदाको बेलामा नेपाल लगायत विश्वको थुप्रै विकाशील रास्ट्रहरुमा सेवा गर्न र सहयोग गर्न जाने गर्छ। उ त्यसैमा रमाउछ र उसको श्रीमती र दुई छोरीहरुपनि नेपाली समुदाय भन्दा फरक घेरा भित्र अमेरिकी जीवन यापन गरिरहेका छन्। दुवै छोरीहरु पनि अमेरिकाको प्रतिष्ठित बिश्वबिद्यालयहरुमा अध्यन गर्दै रास्ट्रिय तथा अन्तरास्ट्रिय स्तरको सामाजिक संस्थामा समेत रहेर काम गरि रहेका छन्। ठुली छोरी नेपालमा गएको त्यो कहाली लाग्दो भूकम्पमा अमेरिकाको तर्फबाट डाक्टर र नर्सहरुको टोलीमा नेपालमै गएर तीन महिना स्वयंसेवक को काम गरेर अमेरिका फर्की सकेकी छिन भने कान्छी छोरी भुकम्प पिडित बाल बालिकाको बाल मस्तिस्कमा पर्ने भूकम्पको असर न्यूनीकरण गर्न एउटा फरक खालको कार्यक्रम संचालन गरि गरेहेकी छिन। तर उनीहरुले गरेको त्यो कार्यक्रमहरु न कुनै सामाजिक संजालमा छाएको छ नकुनै नेपाली पत्र पत्रिकामै छापिएको छ। तर त्यसको सम्पूर्ण बिवरण भने अन्तरास्ट्रिय संघ संस्थाको मुल्यांकन भित्र भने अवस्य परेको छ। साथै एउटा भरपर्दा गैर सरकारी संस्थाको रुपमा अन्तरास्ट्रिय स्तरमा लोकप्रिय छ।
उसलाई एक पल्ट एउटा अमेरिकी पत्रिकाले लिएको अन्तर्वार्तामा प्रश्न गरेको थियो , “ जुनियर बब तिमीलाई एस्तो व्यस्त र संबेदनशील पेशामा रहेर पनि समाज सेवा गर्ने समय कसरि मिल्छ र यसको प्रेरणा कहा बाट आएको हो ?”
उ एकक्षीण मौन रहेर आखा चिम्म गरेर लामो स्वास लिन्छ र भन्छ, म जे छु र जे गरिरहेको छु त्यो म जस्तो बिपन्न परिवारमा र देसमा हुर्केको मान्छेले सोच्न पनि सक्दैन , त्यसैले मैले मेरो जीवनमा पाएको सम्पूर्ण सुख सम्वृद्धि र सिक्षाको मूल्य मैले जतिनै गरे पनि कम हुन्छ। मेरो धर्मपिता बबले मलाई बाह्र बर्षकै उमेरमा अमेरिका ल्याएको हो र मैले यहीको हाई स्कुलबाट उच्च शिक्षाको सुरुवात गरेको हु। नेपालको अति दुर्गम क्षेत्रमा जन्मिए पनि म पोखराको सडकबाट फोहोर मैलाको संसारबाट उठेर आएको हु। त्यसैले मैले गरिबी, अभाव, भोक र दुख बुझेको छु र संसारको कुनैपनि बालबालिका जो गरिबी र अभावमा हुर्केको हुन्छ उसलाई देख्दा म आफनै स्वरुप पाउछु र उनीहरुको शिक्षा र सामाजिक स्तर उठाउन म जीवन भर लागि पर्ने छु।
मैले मेरो माता पितालाई कहिले पनि भेट्न पाईन र त्यसको कमि म अझैपनि महसुस गरि रहन्छु। त्यसैले कुनैपनि बृद्ध मानिस देखादा म तिनमा आफनो आमा बुवालाई खोजि रहेको हुन्छु। सायद त्यसले होला हरेक बर्ष म विश्वको कुनै न कुनै देशमा गएर सेवा गर्न रुचाउछु। मेरोलागी हेरेक देसको मानिस एक हो र मेरो सेवा भावमा कहिले पनि जाति, धर्म र रास्ट्रीयताले छेक्दैन तर म एक नेपाली हु र नेपालको अतिनै माया गर्छु जसको प्रेरणा मेरो धर्म पिताबाट पाएको हु। उ नेपाल भने पछि मरिहत्ते गर्नु हुन्थ्यो। उ नेपालमा सत्तरको दसक देखि स्वम्सेवकका रुपमा काम गर्दै आउनु भएको थियो। उ नेपालमै शेवा गर्दा गर्दै जीवनको अन्तिम दिनहरुमा नेपालको नागरिकतालिएर पशुपतिको आर्य घाटमा प्राण त्यागन चाहनु हुन्थ्यो । तर त्यो उनको सपना कहिले पुरा हुन् सकेन। र अन्तमा उसले मलाई बचन दिएर यो संसारबाट बिदा लिएर जानु भयो कि जीवनमा कमसेकम केहि नानीहरुलाई तिमि जस्तै बनाउ अनि मात्र मेरो आत्माले शान्ति पाउने छ।
केहि बर्ष पहिले यहाँ रहेको नेपाली समुदायले एउटा मन्दिर र सामुदायिक भवन निर्माण गर्न पहल गर्न थाल्यो , धेरै प्रयत्न गर्दा समेत सोचेको जति आर्थिक संकलन गर्न नसक्दा त्यो सपना अधुरै रहेको थियो। त्यसतै आर्थिक संकलनको नामा धेरै राजनीतिक र कुर्शीको खेल खेलियो र थुप्रै सपनाहरु बाडियो तर कसै गरेर पनि त्यो साझा सपना पुरा हुन् सकी रहेको थिएन। केहिले आफ्नो हैसियत र क्षमता अनुसार आर्थिक दानको घोषणा त गरेका थिए तर करिब एक दसक बर्ष बिति सक्दा पनि त्यो प्रोजेक्ट जहीको त्यहि थियो। त्यसै क्रममा एउटा बृहद क्षलफल गरेर आफ्नो घेरा भन्दा बाहिर रहेका र पुराना समुदायका सदस्यहरुलाई सहयोगको लागि अपिल गर्ने एउटा समितिनै तयार गरियो जसमा उसको नामपनि केहिले लिएका थिए र उनलाई भेट्न जाने निर्णय गरिएको थियो। एउटा बिशेष भेटमा बबले नेपाली समुदायलाई भनेका थिए , हुन्छ तपाइहरुलाइ यो भवन निर्माण गर्न कति सहयोग चाहिन्छ र अहिले सम्म कति संकलन भएको छ ? म मेरो बुवाको ट्रस्टबाट केहि सहयोग गर्न सक्छु , यदि हुन्छ भने भन्नु होला म म्यचिंग फण्ड को रुपमा पनि सहयोग गर्न सक्छु। त्यसको लागि मेरो ट्रस्टीका सदस्यहरु मेरो श्रीमती र छोरीलाई सोधेर यहारुलाई भनौला। मेरो बुवाको सपना अनुसार म यहाँनै एउटा पशुपतिनाथको मन्दिर र भवन निर्माण गर्न तपाइहरुलाइ सहयोग गर्न सक्छु। तपाईहरु ठोस प्रोजेक्ट लिएर आउनुस त्यसै अनुसार काम गरौला।

समय बित्दै गयो तर उनीहरु कहिले पनि त्यहाँ फर्केर आएनन र त्यो सामुदायिक भवन अहिले सम्म पनि निर्माण हुन् सकेन । धेरै नेतृत्वहरु परिवर्तन भए , थुप्रै सपनाहरु देखाइयो तर निर्माण कार्य भने जहि को त्यहि रह्यो। पछि केहि हल्ला हरु र अफवाह हरुपनि सुन्नमा आयो कि कसैले यसको निर्माणकोलागि सम्पूर्ण खर्च समेत दिन तयार थिए रे तर यहाँ राजनीति गर्ने केहि समाजसेवीको आपसी द्वन्द र कलहले गर्दा र आफुले कबुल गरेको भन्दा धेरै चन्दा अन्यत्रबाट आउदा आफ्नो नाम गौण हुने र समाजमा आफ्नो प्रभुत्व नरहने हुनाले त्यस्ता प्रस्तावलाई समेत लत्याएका हुन रे , वास्तविकता के हो अझै कसैले बुझ्न सकिएका छैन।

तर यहाँ भने अझै पनि एउटा अधुरो र अन्तहीन सपना देखाउदै हाम्रा बरिष्ठ समाज सेवी र अभियन्ताहरु खै कस्तो खाले राजनीति हो वा समाज सेवा गरिरहेका छन् । जसबाट उ सधै सतर्क र टाडा रहन थालेको छ। उसलाई मन भित्र कतै डर छ उ पनि त एक नेपालीको सन्तान हो र यो खादा, नाम र सस्तो लोकप्रियतामा म पनि लोभिएर आफ्नो सेवा देखि बिमुख हुने त छुइन ? यो उसैलाई एउटा अनुतरित प्रश्न बनेको छ ?

लेखक : यो एउटा काल्पनिक कथा हो,यो कसैको जीवनसित मिल्न गए संयोग मात्र हुनेछ।