एउटा फरक खालको कार्यक्रम!

some of the glimpses of felicitation program
कस कसले के के लेखे त फेसबुकमा यस कार्यक्रमको बारेमा ?
कबि तथा गीतकार श्री प्रमोद अमात्य लेख्छन ” , मदन दीपबीम सम्मान सांगीतिक कार्यक्रममा जीवनमा पहिलो पल्ट चर्चित गायक लाक्पा शेर्पा र गायिका ममता दिपबीम सुन्न पाइयो । लाक्पा शेर्पालाई भेट्न पनि पाईयो । साथै अर्का चर्चित गायक Narendra Pyasiलाई फेरि सुन्न र भेट्न पाइयो । स्थानीय कलाकारहरूको प्रस्तुति पनि स्तरीय रहेको थियो । सफल कार्यक्रम, स्तरीय कार्यक्रमका लागि Nirmal K Phnuyal र उनको टोलीलाई धन्यवाद भन्नै पर्छ ।
त्यसै गरि अर्का गीतकार , कबि र समाजसेवी श्री हरिहर दाहाल को वालबाट ,” बरिष्ठ सर्जक मदन दिपबिम सरको संमान साँझ- मैले जे देखेँ
अचाक्ली तिर्खा लागेको बेलामा ठाडो घाँटी लाएर चिसो पानी कलकल पिए जस्तो, माघको चिसोमा टन्टलापुर घाम लागेको समयमा ढाड सेकाएर सुते जस्तो ,लुतो आएको बेला जति चिलायो त्यति चिलाउन मन लागे जस्तो। माघको चिसोमा टन्टलापुर घाम लागेको समयमा ढाड सेकाएर सुते जस्तो ,
लुतो आएको बेला जति चिलायो त्यति चिलाउन मन लागे जस्तो। ब्यबस्थापन,तयारी र प्रस्तुती संपुर्ण हिसाबले उत्कृ्ष्ठ थियो। तिन घण्टासम्म पिसाब च्यापेर बसियो।
अब के हुन्छ भन्ने कौतुहल हुँदाहुदै कार्यक्रम सकियो। कार्यक्रम मुटुको मध्य भागबाट पस्किएको प्रस्ट देखिन्थ्यो।
भाषण गर्नेहरु पनि अनुशासित हुनुहुन्थ्यो।सबैजनाले १ मिनट नकटाई बोलेर बे एरियाको महाभारत भाषण ईतिहासलाई चुनौति दिनुभो। श्रद्धेय मदन दिपबिम सरका बारे सबै कुराको जानकारी पाई सकेपछि उहाँका सामु लम्पसार पर्दै उहाँको खुट्टामा शिर राख्दै दण्डबत गर्न मन लाग्यो।उहाँ नेपाली संगितको जिउँदो ईतिहास हुनुहुँदो रहेछ। बरिष्ठ गायक लाक्पा शेर्पा,नरेन्द्र प्यासी,ममता दिपबिम र स्थानिय गायक/गायिका र नृत्याङनाहरुको प्रस्तुति अब्बल थियो। सांगितीक कार्यक्रम संचालक र औपचारिक संमान कार्यक्रम संचालकद्वय टिका पुनजी र एस बाबु संदिपजीको शैली,शब्द र प्रस्तुतीमा जादु थियो।मह खाए जस्तै मिठो। केही कुरामा चाँही खोट लाउनै पर्यो भनेर निकै ध्यान दिएर कमी कमजोरी खोजि रहेको थिएँ,एक्कासी म आफै पो भेटिएँ।
कमिकमजोरी त मेरो मानसिकता रहेछ।नकारात्मक सोचले भरिएको मेरो दिमाग पो रहेछ। अनि यी कुराहरुको पनि कमी थियो है त्यहाँ।
कार्यक्रम चलि रहेको बखत पछाडि उभिएर राजनितिक गफ छाँटेर माहौल बिगार्ने भद्रभलाद्मीहरु थिएनन् त्यहाँ।
कार्यक्रम चलिरहेको बेला बिचबिचमा चमेराले झै चिरबिर गर्ने आबाज थिएन त्यहाँ। मनैबाट गरियो भने सबैथोक राम्रो हुन्छ भन्ने नजिर थियो यो कार्यक्रम।छोटकरीमा – शब्य,भब्य र उत्कृष्ठ थियो कार्यक्रम।आयोजक लायन्स क्लब अफ बर्कली लालिगुँरास र बिकल्प फाउण्डेशनलाई धन्यबाद । आयोजकलाई सलाम।निर्मल फुयाँलजीको नेतृत्वलाई नमन।
त्यसै गरि अर्का गीतकार , कबि श्री बाबु आचार्य ले पनि आफ्नो फेसबुकमा आफ्नो गीत प्रस्तुत भएको मा एस्तो लेखेका छन्।
मेरो रचना ,वरिष्ट संगितकार “मदन दिपविम “ज्यूको संगित र सुमधुर स्वरले यस गितलाई सुन्दर बनाई दिनु हुने “नरेन्द्र प्यास” र “मिलन अमात्य “ले गाउनु भएको गित ,हिजो मदन दिपविम एकल सांगितीक साँझमा स्वयम् “नरेन्द्र प्यासी “र “लक्ष्मी खरेलले “यस गितलाई हिजो साँझ फेरी गाएर गितको स्तर बढाइदिनु भएकोमा सम्पूर्ण आयोजक समूहलाई धन्यवाद दिन चाहन्छु ।साथैँ नेपालदेखि यस कार्यक्रममा पाल्नु हुने वरिष्ट गायक “लाक्पा शेर्पा” र Portland बाट आउनु हुने आदर्णिय दिदी “ममता दिपविम “ को प्रस्तुती पनि दमदार रयो ।आदर्णीय “मदन दिपविम “जयूलाई मेरो नमन।Categories: Blog
You must be logged in to post a comment.