किन न्याहुल आज पनि रोई रहन्छ ?

– ध्रुव थापा

एउटा जंगलको विचमा ठूलो पोखरी थियो, त्यहा हजारौ प्रजातिका चरा चुरुड्डी र वन्य जनावरहरु मिलेर बस्थे । त्यसै हुलमा एउटा न्याहुल र सुगा पनि थियो । तिनीहरुको एक अर्कामा प्रगाढ प्रेम थियो । न्याहुल सधैं गाउने र सुगा भने विभिन्न गितको शब्दहरु सृजना गरथ्यो । उनीहरुको मित्रता हुनुको मुख्य कारण पनि त्यही थियो । उनीहरुको मित्रता देखेर सबै जनावरहरु इर्ष्या गर्दथे ।समयको अन्तरालमा उनीहरु माझ पनि असन्तुष्ट हुन थाल्यो एक अर्का प्रतिको प्रेम भाव, समर्पणको कमि देखिन थाल्यो एक दिन जंगलको राजाको मृत्य भयो, र अव जंगलको नियम अनसार नया राजाको चयन हने भयो । राजा वनाउन सवै आ आफनो समर्थन जोगाढ गर्न थाले र जंगलमा वर्षौदेखि मिलेर वसेका जनावरहरुमा मत भिन्नता देखिन थाल्यो । राजनितीले जहिलेपनि यस्तै विभाजन ल्याउछ । दैव संयोग न्याहुल चिलको पक्षमा लाग्यो भने सुगा मयूरको पक्षमा लाग्यो । चिलले आफ्नो प्रतिनिधि स्वरुप न्याहुललाई उठायो तर सुगा भने मौन सर्मथन झै बस्यो यसै बिच उनीहरुको मित्रतामा शंकाको विजारोपन भयो, प्रेम खोक्रो भन्यो ।उनीहरु बिचमा संका उप्जन थाल्यो , भनिन्छ संकाले लंका पनि जलाउछ र , असल मित्र वा कसैको जीवन पनि सानो संकाले बर्बाद गरि दिन्छ।  शंका एउटा मचिसको सिन्का जस्तै हो जसले संसार भस्म गर्न सक्छ। उनीहरु बिचपनि त्यस्तै हुन् थाल्यो।

समय र सागरले कसैलाई पर्खदैन, समय बित्दै गयो र अन्तमा भोटपनि   भयो मयूरले बहुमत पाएर विजय बन्यो भने चिल पराजित भई आत्मा ग्लानिले अन्यत्रै भागेर गयो।  – न्याहुल पनि हुलमा मिसिन छाड्यो एक्लै बस्ने भयो, उता सुगा भने सवैको सहमतमा मन्त्री नियूत्त भयो तर उ दुःखी थियो यस पदमा कारण उसले आफ्नो परम मित्र गुमाएको थियो ।


सुगाको लाखौं प्रयत्नमा पनि न्याहुलको हृदय जित्न सकेन बरु उ स्वयम चिन्ता र दुःखले अस्वस्थ्य भयो, दिन प्रतिदिन उसको अवस्था अझ करुण हुदै गयो । यसै शोकले एकदिन सुगालाई अति सतायो उसको उपचारको निम्ति अन्यत्रै पठाइयो, धेरै चराचुरुड्डी उसको स्वास्थ्यको कामना गर्न आए तर न्याहुल आएन अब झन अति असहनिय भयो सुगालार्ई । उसले अन्तमा मन्त्री पदबाट राजीनामा दिएर देश विदेशको भ्रमणमा निस्कियो उपचार गर्ने निहुमा, हुदा हुदा सुगा धेरै देश घुमेर निकै अनुभव बटुल्दै लोकप्रियता हासिल गर्दै गयो र एक दिन सारा पशु पंक्षीले सुगालाई आफ्नो राजा ठाने।  तर सुगा यो सब स्विकार्न असमर्थ थियो कारण उ अति महत्वकाक्षी र न्यायप्रिय थियो यसै र उसलाई राजा हुन उचित लागेन कारण उसलाई मन नपराउने उसकै प्रिय साथी थियो ।


उसको विचारमा फेरि मित्रलाई भेट्ने प्रगाढ चाहना बढ्यो र आफ्नो पुरानो ठाउ फर्कने भयो । उसको यहा धुमधाम सित स्वागत भयो सारा पशुपंक्षीलाई निम्त्याइएको थियो उसको स्वागतको निम्ति तर त्यहा अफसोस न्याहुल आउन सकेको थिएन । सुगालाई यो सारा स्वागत निरर्थक लाग्यो र उ विलह भई जंगलतर्फ लाग्यो आफ्नो पुरानो साथीको खोजमा । खोज्दा खोज्दा जंगल विचमा उस्ले न्याहुललाई एक्लै चुपचाप बसेको पायो ।


उ अति हर्षित भयो कारण न्याहुललाई उ सित फेरि फर्केर आउने छ उनिहरुको मित्रता यथावत कायम रहने छ तर न्याहुल भने अर्के भइसकेको थियो लाखौं मनाउदा पनि उ फर्कन चाहेन । उसलाई भिडमा आउन हिम्मत र साहस थिएन कारण उ सोच्दथ्योकि त्यहा उस्को अपमान हुनेछ भनेर, र आफ्नो अपमान कस्लाई मन पर्दछ र उ त्यहा जाओसे । सुगाले धेरै विन्ति गर्यो , धेरै  संझायो सारा पशुपंक्षीले तिम्रो प्रतिक्षा गरिरेहछन भन्यो तर न्याहुल आफ्नै अंहकार र घमण्डले मातिएको थियो सुगाको याचनामा उसले व्यंग  देख्यो ।


अन्तयमा हार भएर सुगा फर्कियो तर उ अति दुःखि हृदय लिएर त्यस स्वागत सभामा जान सकेन उसले आफ्नो सारा ज्ञान मान, प्रतिष्ठा सारा निरर्थक देख्यो उस्ले आफनै परम मित्रलाई खुशी तुल्याउन सकेको थिएन र आफुले हासिल गरेको सारा ज्ञान उस्लाई व्यर्थ लाग्यो । उसमा अझै आफूप्रति कमी र असन्तुष्टि पायो र अन्तमा सुगाले मित्र विछोडको विरहमा आत्मा हत्या गर्यो । यो खवर सारा जंगलमा फैलियो न्याहुलले पनि सुन्यो र अब भने उसको सारा घमण्ड समाप्त भयो बल्ल उसको आखा खुल्यो तर अफसोस अवधेरै ढिलो भइसकेको थियो ।बितेको समय र गुमेको मित्रता उस्लेल कहिले अब कहिले पाउने छैन।  उसले स्वयमलाई सुगाको हत्यारा ठान्यो र उसमा भएको कला त्यो सुमधुर गीत सदा–सदाको निम्ति हरायो फलस्वरुप आज पनि न्याहुल वन जंगलमा एक्लै रुदै विहल भएर मित्र वियोगमा लिप्त भएर एक्लै बन जंगलहरुमा रोई रहेको सुनिन्छ  ।

भनिन्छ “संका र घृणाले एक अर्कामा दुरी र दुश्मनी मात्र जन्माउछ , यसलाई बिश्वास र प्रेमले मात्र मेटाउन सक्छ।” तर न्याहुललाई कसले सम्झाउने ” जब सम्म मनको क्लेश र द्वेषलाइ  हटाउन सकिदैन तब सम्म जीवनमा शुख र शान्ति प्राप्त गर्न सकिदैन।

(@ पहिलो पल्ट प्रकाशित जनवरी  २००४, ध्रुव थापा )