ब्लग

हिमाली स्वरहरूको प्रस्तुति कथा संसारमा “कस्तो छ यो अमेरिका ?”

हिमाली स्वरहरूको प्रस्तुति कथा संसारमा कथाको लागी ध्रुव थापालाई धेरै धन्यवाद। कथामा प्रस्तुत सङ्गीत नाद लय नेपाल पर्यटन बोर्डले उत्पादन गरेको सङ्गीत सङ्ग्रह बाट साभार गरेका हौँ। कथामा प्रस्तुत गीत “जहाँ छन् बुद्धका … ” मा स्वर छ स्वरूप राज आचार्यको .

हिमाली स्वरहरूको प्रस्तुति कथा संसारमा आज हामी कथाकार ध्रुव थापाले क्यालिफोर्नियाबाट लेखि पठाउनु भएको कथा “कस्तो छ यो अमेरिका?’ प्रस्तुत गर्दै छौँ।
नेपाल बाट आफ्नो छोरी-ज्वाईं नाति नातिना भेट्न अमेरिका आएका एकजना बुवाको भावना छ यो कथामा। दिनभरि एक्लो पन, भाषाले खडा गरेको अग्लो पर्खाल, हप्ताभरी काममा व्यस्त छोरी ज्वाई र सप्ताहन्तको घुमघामको सेरो फेरोमा घुम्छ “कस्तो छ यो अमेरिका ?”
कथा सुनेर आफ्नो प्रतिक्रिया लेखि पठाउनु होस् nepaliradio@gmail.com

 

First published in Aug 15, 2014

Categories: ब्लग