एउटा अनुत्तरित प्रश्न

एउटा अनुत्तरित  प्रश्न

अहिले म प्रशान्त महासागरको किनारमा उभिएर
आस्ताउनै लागेको लालिमय घामलाई हेरी रहेछु
दिनभरी सबैलाई भत भति पोलेको यो घाम
निरिह र उदाश भएर प्रशान्त महासागरको गर्वमा लुक्दैछ
पारि छितिजमा माझीहरु आफ्नो डुंगा किनारा लाउदैछन
चरा चुरुंगी गुडमा फर्कने हतारमा आकासिदै छन्
म भने चुपचाप समुन्द्रको क्षालमा आफ्नो अस्तित्व खोज्दैछु
मार्टिन लुथरको जस्तै मेरो पनि ” आइ हेब अ ड्रिम” खोज्दैछु
मुटु चुडिने चिसो हावाको बेगले ल्याएको क्षालभित्र
हरेक देशको नदि , नाला र ढल मिसिएको पानी छुट्याउने
एउटा नया काम थालेको छु ,
यो पिउनै न सक्ने पानी भित्र जीव कसरि बाचेको छ
त्यसको बारेमा जान्ने असफल प्रयास गरि रहेछु

कहिँ कतै कुनै सामुन्द्रिक जीवले आफ्नो सिमाना तोकेको छैन
कसैले सानो भएकोमा र कसैले ठुलो भएकोमा
संकुचित वा दम्भमा एक अर्कासित जुधेको देखेको छुइन
सबै एकसाथ समुन्द्रमा आत्म निर्भर भएर बाचेको छ
नकि कुनै देशको नदि नाला अलग भएरै बगेको छ
समुन्द्र हो जब सबै मिसिन्छ एक रंगमा समाहित हुन्छ
हिमाल , पहाड र तराईको पानी जब समुन्द्र मिसिन्छ
तब सब एक हुन्छ र त्यसैलाई समुन्द्र भनिदो रहेछ
हो हामि समुन्द्र नभएको तर हजारौ नाला नदिको बिचबाट
हजारौ मिलको दुरीसम्म ठक्कर खादै खारिएर आएको हौ
कलकल निर्मल , निश्चल नदि नाला हुदै
बिशाल समुन्द्र हुनु पर्ने हाम्रो मन
किन संकुचित र सागुरो हुदैछ ?

किन हामी यस्तो बिशाल समुन्द्रमा समाहित भएरपनि
आफ्नो हृदयलाई फराकिलो समुन्द्रजस्तै पार्न सकेनौ ?
किन हामि मार्टिन लुथरले उखालेर फालिसकेको
जात , जाति , बर्णभेदमा अल्झिएर एक अर्का देखि टाडीदैछौ?
बिभिद संकृति र जातीय पहिचान भएको हाम्रो अस्तित्व
किन इन्द्र धनुष भएर आधा आकासलाई ढाक्न सकेनौ ?
किन इन्द्रधनुषको रंगलाई एक एक गर्दै छुट्याउन खोजिंदैछ ?
किन तिमि र म संगै उभिदा उसलाई संका लाग्छ ?
किन हामि एक अर्काको बिश्वासको पात्र बन्न सकेनौ ?
किन हामी यहा आएर पनि एक हुन् सकेनौ ?
किन आज हामि एउटा अनुत्तरित  प्रश्न बनि रहेका छौ ?
आखिर किन ?

ocean

February 10, 2015 at 1:06am