हुन्न् है हुन्न अब केहि हुन्न
ध्रुव थापा ,
हुन्न् है हुन्न अब केहि हुन्न
भन्ने हरुलाई एकफेर भनिदेउ
हात बाधेर यहाँ केहि हुन्न
कुरा काटेर यहाँ केहि हुन्न।
हुन्न् है हुन्न अब केहि हुन्न
भन्ने हरुलाई एकफेर भनिदेउ
मनमा हौसला रहुन्जेल
मनमा बिश्वास रहुन्जेल
तिम्रो हाम्रो साथ रहुन्जेल
असम्भव यहाँ केहि हुन्न ।
हुन्न् है हुन्न अब केहि हुन्न
भन्ने हरुलाई एकफेर भनिदेउ
तिम्रो साथ न रहेपनि
तिम्रो हात नरहे पनि
अल्झाई दिने काडा होइन
सबै आटने भाडा बनिदेउ।
हुन्न् है हुन्न अब केहि हुन्न
भन्ने हरुलाई एकफेर भनिदेउ
मनमा बिझने शुल होइन
नदीका दुइ किनार जोड्ने
एउटा पुल बनि देउ ।
Categories: कविता