मह जात्राले देखाएको महा एकता सधै कायम रहोस।
न्यान्स अथवा नेपाल असोसिएसन अफ नर्दर्न क्यालिफोर्नियाले हालै एउटा ऐतिहासिक सफलताको साथ् नेपाल साँझ तथा मह जात्रा सम्पन्न गरेको छ। नेपाल साँझ मनाउन भन्दा अघि न्यांसले यहि बार्षिक कार्यक्रमलाई काठमाडौँ नाइटको नामले संचालन गर्दै आएको थियो भने बिगत केहि बर्ष एता नाम परिवर्तन गरेर नेपाल साँझ मनाउदै आएको हो । यस बर्षको नेपाल साँझमा एउटा नया रौनकताका साथ अर्को नाम थपिएर “मह जात्रा” बन्यो। यो कार्यक्रम एउटा ऐतिहासिक सफलताको साथ् सम्भवत अहिले सम्मको सबै भन्दा धेरै दर्शकको उपस्थिति रहेको नेपाली कार्यक्रम यहि सेप्तेम्बेर २० तारिक सम्पन्न भएको छ।
यो कार्यक्रम न्यान्स लगायात अन्य सात प्रभावसाली संस्थाहरुकाे आर्थिक र प्राबिधिक साझेदारिमा सानफ्रान्सिस्को स्थित हील्टन हाेटलकाे हलमा सम्पन्न भएकाे हाे । जसमा लाएन्स क्लब अफ बर्क्ली अन्नपुर्ण र हालै स्थापना भएको लायन्स क्लब अफ फ्रिमन्ट सगरमाथा, नेपाल एसोसिएसन अफ ग्लोवल कोअपरेसन , नेपाली जनसम्पर्क समिति, सन्नी सगरमाथा समाज, अब्रोड नेपाल, स्काइ ओभरसिज इन्टरटे(इ)मेन्ट आदि संस्थाहरुको सह संयोजनमा सम्पन्न भएको हो भने यस कार्यक्रमलाइ सफल बनाउन बेए एरियाका सम्भवत सबै संघ संस्थाले अहम भूमिका निर्बाह गरेकै कारण यो भव्यरुपमा सम्पन्न भएको जानकारी कार्यक्रम संयोजक मध्येका इश्वर सापकोटाले आफ्नो मन्तव्यको क्रममा जनाएका थिए।
मह जात्राको अमेरिकी भ्रमणको पहिलो कार्यक्रम भएकोले पनि होला दर्शकको उत्सुकता र सहभागिता उल्लेख्य रहेको थियो जसमा नेपालका चर्चित हास्य कलाकारहरु मह जाेडीका साथमा चलचित्र कर्मी बसुन्धरा भुसाल, हाँस्य कलाकारद्धय शिवहरि पाैडेल (मुखमा हानुजस्तो) र किरण केसी(राता मकै) को बेजोड हास्य प्रहसन र लाेक गायक बुद्धिसागर बस्याल, गायक यमन श्रेष्ठ रमोहित आचार्य लगायात स्थानीय कलाकारहरुको सांगेितक प्रस्तुितले दर्शकलाई भरपुर मनोरंजन दिएको थियो। केहि कलाकार बाहेक मह जात्राको यस कार्यक्रमका कलाकारहरु बे एरियामा पहिले पनि आएका भएता पनि एति धेरै नेपाली समुदायको उपस्थिति देखेर दंग परेको जानकारी शिवहरी पौडेलले जनाएका थिए।
मह जात्राको बिशेष प्रहसनमा नेपालको राजनीति र जातिय द्वन्दलाई हास्य व्यंग्यको माध्यमले जनचेतना जगाउने र नेपाली एकताको पाठ सिकाउन खोजिएको भान हुन्थ्यो भने विदेशिने नेपालीको पिडा, जीवन शैलीलाई समेत यसमा प्रमुख बिषय बनाएको कारण महाजात्राले अमेरिकामा निक्कै प्रशंशा र साथ् पाउने देखिन्छ। हाँस्यकलाकार किरण केसी , शिवहरि पाैडेल र यमन श्रेष्ठको हाँस्य कमेडीका साथै प्यारोडी गीतहरुले अमेरिकी नेपाली दर्शकलाई निक्कै मनोरंजन दिनेछ । अमेरिकाको जस्तो व्यस्तता र तनावपूर्ण जीवन शैलीमा मह जात्राले केहि हद सम्म भएपनि यसपालिको दशैँ तिहारको उपहारको रुपमा मनोरंजन र भरपुर आनन्द दिने देखिन्छ भने त्यसको लागि यस टोलीको संयोजक र उद्घोषक गिनिज बुकको कीर्तिमानी रबि लामिछानेको यस प्रयासलाई समेत सबैले प्रशंसा गर्नेछन् भने कार्यक्रमको अवधिभरि अडियो तथा भिडियो कसैलाई नखिच्न आग्रह गर्दै कार्यक्रम प्रस्तोता लामिछानेले कमसेकम केहि तोकिएका स्थानीय पत्रकार वा फोटो पत्रकारलाई फोटो खिच्न अनुमति दिनेहो भने कार्यक्रमको अझ धेरै प्रचार प्रसार हुने जानकारी स्थानीय फोटो पत्रकार , फोटोग्राफरहरुले आफ्नो क्यामेरा आफ्नो झोलामा हाल्दै गुनासो व्यक्त गरेका थिए। हो अहिलेको यस अति संबेदनशील मिडिया र सामाजिक संजालहरुको कारणले केहि समयमै उनीहरुको कार्यक्रम सार्बजनिक हुने डर रहेता पनि केहि कार्यक्रमको झलक सहितको फोटोले कार्यक्रमको महत्व र उत्सुकता अझ बढाउँन सहयोग पुग्ने तर्क स्थानीय पत्रकार तथा फोटोग्राफरहरुले गरेको सुनिएको थियो । लामिछानेले भने जस्तै हामिपनि कलाकारहरुलाई मुखले मात्र होइन हृदयले माया गर्छौ र उनीहरुको सम्झना आफ्नो क्यामेरामा कैद गर्न चाहान्छौ।
नेपाल बाहिर रहेका सबै नेपालीको एउटै नामको एकमात्र संस्था भए कति राम्रो हुने प्रतिक्रिया दिने हास्यकलाकार मदन कृष्ण श्रेष्ठ यदि धेरै भए एकता र भाइचारा कायम गर्दै मिलेर कामगर्नु पर्ने सुझाब दिएका थिए। हास्यकलाकार श्रेष्ठले भने जस्तै धेरै संस्था मिलेर आयोजना गरेको यो कार्यक्रमले एउटा मिसाइल कायम गरेको छ। एकतानै बल हो र फुटेर होइन जुटेर हामीले जस्तै ठुलो समस्यको पनि निदान गर्न सक्छौ भन्ने संदेश दिएको छ । आशा छ भविष्यमा पनि यस्तै नेपाली एकताको उदाहरण सन् फ्रान्सिस्को बे एरियाले दिदै जावोस र सबैलाई आउदै गरेको नेपालीहरुको महान चाड बिजया दशमी र तिहारको हार्दिक सुभकामना। दशैँको रौनकता बिदेशमै भएपनि हाम्रो घर आँगनमा आइसकेको छ, चारैतिर उल्लास र खुशीयाली छाएकोछ र अन्तमा मह जात्राले हामीलाई दशैको उपहार महा एकताको संदेश प्रबाह गरेर गैसकेको छ । उनीहरुको अमेरिकी यात्रा सफल रहोस यहि कामना छ।
Categories: ब्लग