सन्दर्भ: ५ सितम्बर अथवा भारतको शिक्षक दिवसको।
The mediocre teacher tells.
The good teacher explains.
The superior teacher demonstrates.
The great teacher inspires.–William A. Ward
भारतमा आज ५ सितम्बर शिक्षक दिवस मनाउदै गर्दा , गुरु र सिक्षकको भिन्नताको बारेमा लेख्न मन लाग्यो , यो शिक्षक दिवस गुरु दिवस होइन जुन अहिले “मोदी सरकारलाई गुरु दिवस भनेको बारे केहि पत्र पत्रिकाले अलोचन गर्दै छन् किनकि भारतीय रास्ट्रपति सर्वपल्ली राधाकृष्णनले आफ्नो जन्मदिनलाई आफुपनि एक समय शिक्षक भएको नाताले “शिक्षक दिवसको रुपमा मनाउने घोषणा गरेका थिए नकि “गुरु दिवस”। भनिन्छ शिक्षण मात्र यस्तो पेसा हो जसले संसारको हरेक पेशालाई सिक्षा दिन्छ, यानिकि हरेक बिषय, पेशा वा कामको लागि एउटा शिक्षक वा गुरु हुन्छ। त्यसैले यो एउटा सबैभन्दा सम्मानित पेशा हो। विश्वको हरेक महान व्यक्तिहरुको आफनी शिक्षक छन जसले उनीहरुलाई त्यहाँ सम्म पुग्न मदद पुर्याए। त्यसैले यो अति मर्यादिद पेशालाई मात्र पेशा नबनाई यसको मुल्या र मान्यतालाई हरेक सिक्षक्ले बुझ्नु जरुरि छ।
तर गुरु र सिक्षकमा भिन्नता छ। गुरु शब्द महान र अलौकिक छ गुरु लाइ ब्रम्हा सित तुलना गरिन्छ जो सर्ब ज्ञानी , सर्ब हिताय हुन्छन तर शिक्षक एउटा वा त्यो भन्दा केहि बिषयको ज्ञाताहुन्छन र जीवनमा गुरुले जस्तो मार्गदर्शन गराउदैनन।
शिक्षक अथवा अध्यापकले सिर्फ आफ्नो बिषयमा अध्ययन गरेर अध्यापन गराउछन ,जबकि गुरुले आफ्नो बिषयको अध्ययनभन्दा धेरै अघि गएर जीवनको वास्तविकता , सामाजिक मर्यादा, कर्तब्य, र हरेक क्षण एउटा सिश्यको मार्ग दर्शन गराउछन , जस्तै महाभारतमा कृष्ण अर्जुनको शिक्षक नभई गुरु बने र नै उसले अर्जुनलाई सत्य तथ्य र धर्मको साथ् दिन मात्र सिकाएनन बरु उनले अर्जुनलाई हरपल सम्हालेर जीवनको कर्तव्यबाट बिमुख हुनबाट बचाए। यदि कृष्ण अर्जुन को शिक्षक भएर महाभारतमा उभिएको भए मात्र युद्ध कौसलता सिकाउथे होला तर उनले सत्य र कर्तव्यको रक्षा गर्न हरपल सिकाइ रहे र अधर्म हुनबाट जोगाए।
एउटा शिक्षक वा अध्यापक गुरु बन्न सक्छन तर गुरुलाइ मात्र शिक्षकभन्न मिल्दैन । हरेक सिक्षक र अध्यापकलाई गुरु बन्न आग्रह गर्दै मेरा अग्रज गुरुहरु र सम्पूर्ण शिक्षक, अध्यपकलाई नमन गर्दै शिक्षक दिवसको दिन अझ धेरै शिक्षाको ज्योति बाड्ने हौसला प्रदान गरोस यहि सुभकामना दिन चाहन्छु।
यदि आज सहि अर्थमा शिक्षक गुरु बनि दिनेहो भने हरेक बिद्यार्थी सिष्य बन्न सक्थे र अहिले हुने गरेको स्कुल, कलेज र बिश्वबिद्यालयहरुमा हिंशा, हत्या र बलात्कार जस्ता अपराधिक गतिविधिहरु न हुन् सक्थे। विश्वका हरेक सिक्षक्ले गुरुको कर्तब्य निभाएर जीवन सिक्षा दिन आजको आवस्यकता हो।
वास्तबमा भन्ने हो भने धेरैले शिक्षक त धेरै पाउन सक्छन तर जीवनमा आमा, बुवा बाहेक अरु गुरु नपाउन पनि सक्छन। अहिले विश्वमा सिक्षक्को कमि छैन छ त् मात्र सहि गुरुको।
आफुपनि एकसमय शिक्षक भएको ले जहिले पनि आफ्नो बिध्यार्थिलाई गुरु र सिक्षक्को बारेमा जानकारी गराउदै भिन्नता बुझाउने कोसिस गर्थे। यो मेरो विचार हो तपाइको बिचार के छ यसमा ?
Categories: ब्लग