मनको कुरा लुकाउनै नमिल्ने
पलभरमै सार्बजनिक भै हाल्ने
पलमै लाइक र कमेन्ट आइहाल्ने
त्यसैले होश गर्नु है जे लेखेपनि
गजब छ यो फेसबुक पनि ।
जसले यहाँ जे हाले पनि
जसले यहाँ जे लेखे पनि
जसले यहाँ जे गरेपनि
दिन्छन कमेन्ट र लाइकपनि
गजब छ यो फेसबुक पनि ।
भित्ता भरि आफ्नै जय जय
सबै गर्छन आफनै थै थै
मान्नै पर्यो सबैको लय लय
लाइक त गर्ने पर्यो नपढे पनि
गजब छ यो फेसबुक पनि ।
यसले मान्छेलाई दिक्कै पर्यो
यसले मान्छेलाई एकोहोरो पर्यो
यसले मान्छेलाई मक्खै पर्यो
आफुले आफैलाई दिए लाइकपनि
गजब छ यो फेसबुक पनि ।
यसले धेरैलाई जान्ने बनायो
यसले धेरैलाई मान्ने बनायो
यसले कसैलाई कबि बनायो
हुन्छ यहाँ जसले जे लेखे पनि
गजब छ यो फेसबुक पनि ।
टाडीएका साथी संगी भेटिए
बिछोडका पिडा सबै मेटिए
मिलन बिछोडका कथा लेखिए
बाडे सारा दुख सुखपनि
गजब छ यो फेसबुक पनि ।
एहे ! कस्तो यो थलो भयो
सबैले जोत्ने हलो भयो
के यसले तिम्रो भलो भयो ?
लेख्ने होकी तिम्रो कुरापनि
गजब छ यो फेसबुक पनि ।
Categories: कविता