सक्छौ भने आफैलाई बदलेर हेर।
दुनियालाई बदल्न निस्केका ए मनुवा
सक्छौ भने आफैलाई बदलेर हेर
जिन्दगि नेताको भासन र घोषणा पत्र जस्तो हुदैन
जहाँ एउटा दिवा स्वप्नको महल बन्दछ
र भोट खसे पछि त्यहि महल खण्डहर बन्दछ।
जिन्दगि त
एउटा चराले बाच्न र उड्न सिक्न अघि
उसको आमाले ओथरालाइ सुरक्षित राखे जस्तो हो
कि त्यो अन्डा खोलिन्छ कि कोरल्छ भनेर
एउटा बिश्वास र आस्थामा आमा बसेकी हुन्छिन
चाहे कागको गुडमा कोइलीको अण्डा नै किन नहोस
चाहे कुखराकोओथरामा हासको टिउरा नै किन नहोस
उसको मातृत्व कम हुदैन , सबैलाई समान हुर्काउछे
र आफ्नो सन्तानलाई हुर्काउन स्वयम्लाई समर्प्रित गर्छे।
मातृत्व र जिन्दगि एक अर्काको पुरक हो
आमाले जीवन दिन्छिन , जीवनचक्र चल्दछ
र एउता माकुरिले आफ्नै जीवन दान दिन्छिन
आफ्ना सन्तानलाई सिकार खेल्न र जीउन सिकाउछिन
मातृत्व ,त्याग र तपस्याको उदाहरण अरु के दिउ?
दुनियालाई बदल्ने र परिबर्तन गर्ने सपना
हरेकले देखेको हुन्छ तर कस्तो परिबर्तन ?
त्यो परिबर्तन चाहनेको सोचमा निर्भर गर्दछ
त्यसैले सकारात्मक सोचको बिजारोपण गर
र प्रतिक्षा गर त्यो अण्डाबाट निस्किएको चल्लाको
नत्र तिम्रो नकारात्मक सोचले त्यो अण्डा खोलिन सक्छ
त्याहाबाट चारै तिर दुर्गन्ध मात्रै निस्कन सक्छ।
समयको चक्र संगै जीवन त्यतिकै परिबर्तन हुदैन
बलिदान, त्याग र तपस्या गर्नु पर्दछ
दुख कस्ट बिहिन आएको परिबर्तन
कहिले दिगो र स्थायी हुदैन ,
जसको धरातल र जग कम्जोर हुन्छ
त्यो एउटा हावाको झोकामै ढल्न सक्छ।
नत्र त जीवन घडीको सुइजस्तै
चक्रब्युह को घेरा भित्रै घुमी रहनेछ
जसलाई तोड्न त निस्कन्छन अभिमन्युहरु
तर जीवनको चक्रब्युह भित्रै
छल र कपटले एक्लो र निहत्था बनाइ
जीवन उत्सर्ग गर्न बाध्य बनाउने छ।
त्यसैले
दुनियालाई बदल्न निस्केका ए मनुवा
सक्छौ भने आफैलाई बदलेर हेर
ज्ञान, सिप र संयमलाई आत्मसात गर
पहिले आफु सक्षम बन र
दुनियालाई परिबर्तन गर्ने बिगुल फुक।
Categories: कविता
You must be logged in to post a comment.