भो अब धेरै भो
तिम्रो राज अब धेरै भो
एकफेर हामीलाई सुम्पि हेर
युवा सक्ति कस्तो हुन्छ
एकफेर हामीलाई जाची हेर।
भो अब धेरै भो
टुटी सकेका पुर्जाहरु
निभी सकेका उर्जाहरु
बदल्ने बेला भो
भो अब धेरै भो
परोपकारी ति हातहरुलाई
परिश्रमी ति हातहरुलाई
अब बन्दक बनाउने खेल नखेल
बन्दुक बोकाउने अब खेल नखेल।
भो अब धेरै भो
बारुद र टायरको धुवासंगै
कैयौ सपनाको अस्थी जलेको
सिमलका ति भुवासंगै
निरिह त्यो बस्ति जलेको।
भो अब धेरै भो
भ्रमको त्यो खेत बारीमा
कल्पनाको बिउ छरेर
अन्योलताको बालि उठाएको।
भो अब धेरै भो
तिम्रो राज अब धेरै भो।
Categories: कविता