ब्लग

ध्रुव थापाका कविता र गीतको विमोचन नोबेल पुरस्कार बिजेताहरुको हातबाट सम्पन्न

ध्रुव थापाका कविता र गीतको विमोचन नोबेल पुरस्कार बिजेताहरुको हातबाट सम्पन्न

क्यालिफोर्निया सम्वाददाता मे १०, २०१०, बर्कली स्थित नेपाली  रेस्टराँ टेस्ट अफ द हिमालयको आयोजना  यहि सोमबार मे १० को साँझ एक विशेष कार्यक्रममा ध्रुव थापाका कविता र गीतको संग्रह नोबेल पुरस्कार विजेता डा चार्लस टाउनल र डा मैथली एयरले संयुक्तरुपमा विमोचन गर्नु भएको छ ।
नेपाली साहित्यमा पहिलो पल्ट विश्व प्रशिद्ध नोबेल पुरस्कार विजेताहरुको हातबाट विमोचित यस कविता तथा गीत संग्रहमा ध्रुव थापाका अमेरिका वसाईका क्रममा लेखिएका रचनाहरु संग्रहित गरिएको छ जस्को सम्पादन गोविन्द गिरी प्रेरणाले गर्नु भएको हो ।
Book Cover

कार्यक्रमको पहिलो चरणमा डा चाल्स्र टाउनले आफनो जिवनमा गरेका अनुशन्धान तथा नोवेल पुरस्कार पाउदाका ति अविश्मरणिय क्षणको बारेमा जानकारी गराउनु भएको थिया भने वहाँलाई भौतिक तथा खगोल सास्त्रमा गरेको अमुल्य योगदानको बापत विश्वकै सबै भन्दा उच्च पुरस्कारद्धारा सम्मानित गरिएको थियॊ वहाको विशेष अविश्कारहरुमा माइक्रो बेभको लेजर विम्व व्लाक होलको घनत्वको नाप अन्तरिक्षको पहिलो कम्प्लेक्स मलिक्युलरको अध्यन तथा अनुसन्धान । वहाँ नोवबेल पुरस्कारको साथ साथै विज्ञान तथा आध्यात्म शास्त्रमा गरेको योगदान बापत टेम्पल टन पुरस्कारले समेत सम्मानित हुनुहुन्छ ।
त्यस्तै अर्की नोबेल पुरस्कार विजेता डा मैथली ऐयरले भने जलबायु परिवर्तनको यु एन प्यानेलमा ग्रीन हाउस इफेक्टको बारेमा जनचेतना जगाउन गरेको विशेष योगदानको कारणलेनै नोबेल पुरस्कार पाउनु भएको हो । वहाँले आफनो मन्तव्यको क्रममा विश्वको बदलदो जलवायु परिवर्तन र यस्को परिणामको बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरि अर्का विशेष वक्ता डेविड सिबोर्ग भने जिव बैज्ञानिक तथा कवि हुनुहुन्छ वहाले आफनो कविता संग्रहबाट केहि कविताहरुको बाचन समेत गर्नु भएको थियो ।
त्यसैगरि भर्जिनीयाबाट आउनु भएका विश्व परिक्रमाका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणाले आफनो मन्तव्यको क्रममा वहाँले ध्रुव थापाका कविता तथा गीतहरुको सम्पादन गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो भने यो पुस्तक प्रकासन गर्न सधै प्रेरणा दिने राजेन थापाको सहयोग र प्रयास नभएको भए सायद यो किताव यहाँहरुको समक्ष नआउन सक्ने समेत जानकारी गराउनु भएको थियो ।
वहाले यस पुस्तकले अमेरिकाका इस्ट कोस्ट र वेस्ट कोस्ट विच एउटा पुलको काम गर्ने जानकारी गराउनु भएको थियो । । साथै उक्त कार्यक्रममा मनी नेपाली पनेरुले विमोचित कविता संग्रहको बारेमा समिक्षात्मक जानकारी गराउनु भएको थियो भने हरिहर दाहालले कवि तथा गीतकार थापाको परिचय गराउनु भएको थियो ।

Two Nobel Prize Winner Dr. Charles Towens and Dr. Maithili Aiyer unveiling my book.

त्यसतै मन्तव्य तथा शुभकामना दिने क्रममा न्यान्सीका यान राई तमु समाजकी विश्णु गुरुंग लायन्स क्लवका राम चन्द्र ढकाल ज्ञान पन्थ लगायतका वक्ताहरुले शुभकामना दिदै थापाको कविता संग्रहको प्रशंसा गर्नु भएको थियो साथै यस वे एरियामा यस्तो भव्य कार्यक्रममा एउटा नेपाली कविता संग्रहको विमोचन नोवेल पुरस्कार विजेताहरुको हातबाट हुनु भनेको हामी विश्व भरि छरिएर बसेका नेपालीहरुको लागि गर्वको विषय भएको जानकरी केहि वक्ताहरुले दिनु भएको थियो ।

त्यसतै कार्यक्रममा गीतकार तथा कवि थापाले आफनो कविता संग्रह बाट र अंग्रॆजीमा लेखिएका उन्का आफनै कविता बाचन गरेका थिए भने नेपालबाट हालै अमेरिका भ्रमनमा आउनु भएका प्राध्यापक डा बदि्र विशाल पोखरेल र बरिस्ठ गीतकार बाशु ढकालले आ आफना कवितासमेत बाचन गर्नु भएको थियो ।
त्यसै गरि कवि थापाले आफनो कविता संग्रह प्रकासन गर्न विशेष योगदान दिने सबैलाई धन्यवाद दिदै यस्तो गरिमामय कार्यक्रममा आफनो कविता संग्रहको विमोचन गर्न पाउनु आफैलाई अत्यन्त भाग्यमानी भएको जानकारी गराउदै यो सपना हो कि विपना आज मेरो कविता संग्रहको विमोचन विश्वका महान व्यतित्वको हातबाट भएकोमा भाव विवहल भएर आफनो खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा संगति सेन्टरको गौतम तेजास तथा साथीहरुले सास्त्रीय संगीत प्रश्तुत गरेका थिए भने राधिका रोच शिव कल्याणी भेमीरेडडी रुथरी शुव्रमन्यम र ज्योति रेनेके सेल्डमेनको समुहले उत्कृष्ट भारत नाटयम् प्रश्तु गरेका थिए ।
कार्यक्रम बडो शिस्ट शैलीमा अनौठो जमघटको साथमा सम्पन्न भएको थियो भने उपश्थित दर्शकहरु समेत विभिन्न समुदायको प्रतिनिधित्वमा सम्पन्न भएको थियो जस्मा धेरै अमेरिकन दर्शकहरु थिए भने भारतिय मुलका र नेपाली दर्शकहरुको पनि उल्लेखनिय उपश्थिति रहेको थियो ।
कार्यक्रमको सन्योजन टेस्ट अफ द हिमालयजका राजेन थापा र डेविड सिबोर्गको विशेष पहलमा सम्पन्न भएको हो । कार्यक्रमको पहिलो चरणमा धु्रव थापाका कविता र गीतको विमोचन नोबेल पुरस्कार विजेताहरुको मन्तव्य वहाँहरुसित फोटो खिच्ने भलाकुसारी गर्ने र विशेष रात्रिभोज सहभागिहुने थियो भने दोस्रो चरणको कार्यक्रम रेस्टुराको माथिल्लो तलामा रहेको योगाकुलाको हलमा विशेष साहित्यीक तथा सांगेतिक माहोलमा एउटा ऐतिहासिक कार्यक्रम सम्पन्न भएको थियो ।

My Book signing after unveiled my Book by Nobel Prize winner Dr. Charles Towens.

past News: published in major online and Print Medias, all over the world.

Categories: ब्लग