कविता

के यो जात्रा मात्रै हाडी गाउमा हुन्छ ?

के यो जात्रा मात्रै हाडी गाउमा हुन्छ ?

बार्गेनिङ्ग को राजनीतिमा
कसले कसलाई उछिन्छ थाहै हुन्न
भित्र एउटा र बाहिर अर्को सम्झौता बोकेर
हाट बजारमा जस्तै मोलमोलाई मा
कसको हातमा माछा पर्छ थाहै हुन्न

यो कस्तो कन्फ़्युजनको राजनीति ?
यो कस्तो बार्गेनिङ्गको राजनीति ?

देश जनता र संविधानलाइ थाति राखी
सबै लड़छन भागबण्डा र कुर्सि माथि
बादरले रोटि भागलाए जस्तै
को खाइ को खाइ भने जस्तै
कसको भागमा के पर्छ थाहै हुन्न

यो कस्तो कन्फ़्युजनको राजनीति ?
यो कस्तो बार्गेनिङ्गको राजनीति ?

कसलाई के त् कसलाई कति दिने बाहेक
कसैलाई पर्वाह छैन देशलाई के चाहिएको छ
के कुर्सि बाहेक देशमा अरु केहि छैन ?
कुर्सि बेगर कामगर्ने यो देशमा कोहि छैन ?

यो कस्तो कन्फ़्युजनको राजनीति ?
यो कस्तो बार्गेनिङ्गको राजनीति ?

के सबै आफ्नै मुखमा हाल्न मिल्छ ?
के जनताको सपना त्यसै फाल्न मिल्छ ?
के यस्तै राजनीति हरेक देशमा हुन्छ ?
के यो जात्रा मात्रै हाडी गाउमा हुन्छ ?

badar

Categories: कविता