कविता

सपना तिमि किन टाडीन्छौ ?

ImageNovember 24, 2013 at 12:56am

 सपना तिमिकिन टाडीन्छौ ?

आधुनिकताको महलमा

एउटा हाइटेक कोठा भित्र

उकुसमुकुस भएर बाचेको छु

एउटा मिनी ट्याब्लेट जस्तै

जसको काम र क्षमता

हरेक जेनेरेसन संगै बढ्दो छ

र हरेक जेनेरेसन संगै

यसको आकार र  वजन घट्दो छ

त्यहि आधुनिक महलको

एउटा नानो कोठा भित्र

सपनाको प्रतिक्षामा

जिन्दगीलाई नै म्युट गरेर

कुरी रहेको छु

तर सपना तिमि किन टाडीन्छौ ?

कतै तिमीले मलाइ

आफ्नो  मेमोरी चिप्स बाटै

डिलिट त् गरि सकेनौ ?

या आइक्लाउडमा सेभ गर्न भुल्यो ?

या पासवर्ड नै भुली दियौ  ?

यदि त्यसो हो भने

एक फेर रिबुट गरिहेर

धेरै भो तिमीलाई स्लिप मोडमा

राखेर प्रतिक्षा गरेको

तर तिमि त् साच्चै आउदिनौ

कतै तिमीलाई कसैले सुटुकै

म बाट ह्याक त् गरेन ?

Categories: कविता

1 reply »