जिन्दगि….. ध्रुव थापा
कति पिउनु जिन्दगीमा
तिर्खा कहिले मेटिदैन
जति पियेनी जिन्दगीमा
अमृत कहिँ भेटिदैन १
मृग तृषना जस्तो जिन्दगि
खै के खोजि रहेछ
एकै पलमा निभ्ने जिन्दगि
अजम्बरी रोजी रहेछ २
जत्तिनै बाचेनी नपुग्ने यो जिन्दगि
जीवनकै अर्थ भुली रहेछ
शितको थोपा जस्तो यो जिन्दगि
कर्कलोको पातमा झुली रहेछ ३
बेगोंनभिल्लाको हाँगा होइन जिन्दगि
जहाँ गाड्यो त्यहि सरि दिने
नत पारिजातको फुल हो जिन्दगि
रातभरी फुलेर बिहान झरी दिने ४
माया गर यस नास्वर जिन्दगीलाई
यो हरेक ऋतु जस्तै फर्की आउदैन
उष्णताको बाफ नठान जिन्दगीलाइ
जुन साउने झरी जस्तै दर्की आउदैन ५
एउटा अनुपम कला हो जिन्दगि
यसलाई कलाकार भइ जिउन सिक
कपासको सुन्दर फुल हो जिन्दगि
यसलाई धागो बनाइ सिउन सिक ६
Categories: कविता
Nice poem about life…well expressed.