कविता

देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी

देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी

सबै अरुलाई होच्याएर आफुलाई पार्छन माथि

कसले कसको कुरा सुन्ने ?

देश त त्यस्तै भो बिदेशपनि दुसित भो साथी.

सात समुन्द्र पारिपनि छैन कोहि आफ्नो साथी

लड्छन सबै यहाँ पनि भन्दै सानो र ठुला जाति

विश्व कहाँ पुगिसक्यो हामि कहिले उठ्ने माथि

देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी

बरु  परिचय दिदा  नेपाली न भनेकै जाति

देश र रास्ट्रियतालाई कतै राखेर थाती

लड्न थालेका छौ भन्दै बंश र जाति

कस्तो रोग लाग्यो यो  नेपाली माथि

भानिदेउन कसो गरौ ए मेरा साथी

देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी

शान्ति र संविधानलाई राखेर थाति

लड्दै छौ आज खोजि विभिन्न जाति

कसरि नङ र मासु झैँ मिलेका साथी

बैरी भयो आज फरक हुदा संस्था र पार्टी

कस्तो दिन आयो भनन  ए साथी

किन  लड्छौ एक अर्काको नाकै काटी

तिमि र म मा को हो तल र  माथि

थाहै न पाई मित्रता टुट्यो है साथी

यस्तो  नया नेपाल त न भएकै जाति

देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी

फेरी पहिला जस्तै कहिले बनौला साथी

नाच्दै गाउदै गाउभरी तल र माथि

मिटाइ सबैको धर्म र जाति

चलाउन पाउ एउटै अक्षता पाति

के त्यस्तो दिन हेर्न चाहना छैन साथी ?

देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी

आऔ एक जुट भइ हिडौ साथी

फाली सब बैरी भाव माथि

यसपालाको दशैमा यहि

आशिर्बाद थापौ निदार माथि…

गरौ आक्रमण भेदभाव माथि

के आज  मलाइ साथ दिन्छौ साथी ?

देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी

हामी सबै  हौ नेपाली सबको एउटै  जाति

गरौ विजय आज हामी भेदभाव माथि….

सबै ले भानौ हाम्रो हो नेपाली जाति …

एउटै बोटको हौ हामि  फुल र पाति

मान्छे ले नै हो बनाएको यो भिन्न  जाति

यसलाई सबै मिलि  फालेकै  जाति

मरे पछी सबै जानु छ माथि

कि के भन्छौ हे मेरा साथी….

देश त देशै भयो बिदेशको पनि हाल खराब छ साथी

Categories: कविता