विदेशमा रहेर पनि हामीले आफनो भाषा सस्ंकृति र साहित्यलाई विसर्नु हुदैन” बाशु ढकाल
वरिष्ठ गीतकार बाशु ढकालसग साक्षात्कार ध्रुव थापा
गीत वा संगीतले जहिले पनि हरेक मानव जातिलाई मात्र नभई अन्य पशु पक्षँीमा पनि नया उर्जा प्रदान गर्दछ भन्ने तथ्य विज्ञानले समेत प्रमानित गरेको छ र एउटा असल गीत बन्नको निम्ति उत्कृष्ट शब्द सृजना हुन जरुरी हुदछ र त्यसलाई हर कोहिको दिललाई छुन सक्ने संगीतले लयबद्ध पार्न आवस्यक हुदछ र कर्णपि्रय स्वरले जव यसलाई मुृर्तरुप दिदछ तव मात्र एक उत्कृष्ट गीतको सृजना हुन्छ । तर जहिले पनि गीतको हकमा हेर्नेहो भने गायकलाई मात्र चिनीन्छ तब गएर कसैले चिन्दछ त त्यो हो संग्ाीतकारलाई तर जसले त्यस गीतको सृजना गरेको हुन्छ त्यो ब्यक्ति जहिले पनि ओझलमा हुन्छ र थोरैले उस्लाई चिनेको हुन्छ त्सस्तै एक सफल युवा गीतकार जस्ले आज सम्म कैयो गीतहरुको सृजना गरेका छन् उसैलाई यहा सम्म ल्याउदा धेरैले नचिनेको हुन सक्छ उही गीतकार बाशु ढकालसंगको छोटो वार्ता यहाहरु समक्ष प्रश्तुत गर्ने कोसिश गरिएको छ
युवा गीतकार बाशु ढकालको जन्म धैवुंग ५ रसुवामा भवानी प्रसाद र इन्दिरा ढकालको ८ सन्तानमा जेठो छोरोको रुपमा जन्मीएका हुन वहाले त्रि।वि किर्तिपुरवाट गणितमा एम एड।गर्नुभएको छ । वहाले अमेरिका आउन अघि दरवार हाई स्कुल र भानुभक्त मेमोरियल उच्च मा।विमा अध्यापन गराउनु भएको थियो ।
वहाको रुचिः साहित्य सृजना गीत लेखन
वहाको संलग्नता ःगणित शिक्षापरिसदको सस्थापक सदस्य ग्लोवल पिक्चस्रको सस्थापक आखा लोभी मनपापी चलचित्रको निमार्णलायन्स क्लव अफ काठमाडौ स्प्रींग्ाका चार्टर मेम्वर हाल क्यालिफोरनिया अ ने सा स का महासचिव नेपाली एण्ड प्रुेन्डस्ा कल्चरल एसोसिएसन क्लालिफोरनीयाका सदस्य तथा अन्य साहित्यीक संघ सस्थामा संलग्नता ।
पुरस्कार तथा पदक श्री ५ एश्वर्यावाट युवा गीतकार पुरस्कारवाट सम्मानित कलेज स्तरिय वक्तित्वकला र कविता गोष्ठिमा प्रथम पुरस्कार । र प्रस्तुत छ वहा संगको यो अन्तरवार्ता ।
धुवः यहाले आफुलाई कसरी समाजले चिनोस जस्तो लाग्छ आफनो बारे पाठक समक्ष केहि भ्न्नु हुन्छकि
बाशु समाजको स्थापना सबै प्रकारका ब्यक्तिहरुवबाट हुन्छ र त्यसमा सबैको् स्थान महत्वपुर्ण हुन्छ । अरु ब्यक्तिहरुबाट समाजले जसरी सामाजिक संरचनामा महत्व राख्दछ त्यसरीनै मेरो स्थानले पनि समाजमा त्यही महत्व राख्न प्रयास गरोस भन्ने चाहन्छु। प्ाठकहरुमा मेरो यो निवेदन छ कि कुनै पनि लेखक साहत्यिकारबाट समाजको लागि देखाइएको त्यस साहित्यीक दर्पणमा आफनो अनुहार पनि हेर्ने जमर्को गरि दिन आग्रह गदर्छु ।
धुव साहित्यमा वा गीत लेखनको क्षेत्रमा प्रवेश हुने प्रेरणा कसबाट पाउनु भयो
बाशु साहित्य वा गीत लेखनमा प्रवेश हुने पे्ररणा मैले मेरा अग्रजहरुबाट पाए । जव जव साहित्य र संगीतले मन छुन थाल्यो तव तव मेरा भावनाहरु प्नि क्रमसः पोखिन थाले ।
धुव पहिलो पल्ट रेकर्ड भएको यहाको गीत कुन हो र कहिले क्र्र्रस्ले गाउनु भएको थियो
बाशु पहिलो पलःट रेर्कड भएको मेरो गीत सरस्वति बन्दना थियो र यो गीत भानुभक्त मेमोरियल स्कुलका संगीतकार दिपचन्द्र मोक्तान र पुर्ण नेपालीको संगीतमा देविका प्रधान र बिधागर्थीहरुबाट गाइएको थियो । त्यही गीत पछि रेकर्ड गरी क्यासेटमा उपलब्ध भएको थियो ।
धुव तपाई गीतहरु विषेशत कस्तो खाले लेख्नु हुन्छ आज सम्म कस कसले गाउनु भएको छ केहि प्रकाश पारिदिनु हुन्छकि
बाशु मेरा गीतहरु खासगरी जीवनदर्शन र मान्छेको नियति अनि समाजका विकृति सुधार्नका लागि हुने गर्छन् । आजसम्म मेरा गीतहरु निम्न कलाकारहरुले गाउनु भएको छ ।
ओम बिकम विष्ट राम कृष्ण ढकाल आनन्द कार्की एम बराल सपना श्री रीमा गुरुंगदेविका प्रधान थुप्देन भुटिया राजेश पायल राई अयुव खान जीवन शाही कर्णदास ईश्वर अमात्य चन्दा देवान र।हुल भारती माया रोक्का उत्सव सिजापति आश्विन दाहाल साथै अन्य कलाकारहरुले पनि थुप्रै अन्य गीतहरु गाउनु भएको छ ।
धुव कुनैपनि गीत पपुलर हुदा जहिले पनि गायकलाई चिनीन्छ तर त्यो गीत कस्को सृजनाहो धेरैलाई थाहा समेत हुदैन यस्तो मा
बाशु हजुरलाई्र कस्तो लाग्छ विषेशत गीतकारलाई जस्ले सारा गित जन्माउछ उस्लाई प्राय कसैले चिनेकै हुदैन हैन र
मेडियाले गर्नु पर्ने का हो सृजनगर्नेह्ररु पनि हकदार हुन् भनेर । हाम्र्रो पत्रकारिता र प्रस्तुतिकरणको यो पुरानो ढाचा फेर्नु पर्ने अक्कल नआए सम्म यही प्रकिया चलिरहन्छ । चिन्न खोज्नेका लागि र शब्दको मर्म बुझनेका लागि कहि न कहि फेला परि हालिएला ।
धुव यहाले निकालेका गीती एल्वमहरु कुन कुन हुन् र कस्ता खाले गीतहरु समेटिएका छन्
बाशु मेरा सृजनाहरु – आदर्श दर्शन आकांक्षा जीवन उनकै यादमा अधरको लाली गाउले नम्वर वन चन्दा भानुभक्त आदिमा संग्रहित छन् र मेरा गीतहरु जीवन दर्शन संग सम्वन्धितप्राय छन् ।
धुव यहाको अन्यरुचीहरु के के हुन जान्न सकिन्छकि
बाशु मेरो अभिरुचि भनेको समाजको द्रस्टा बन्ने हो । आफुबाट समाजले केहि प्राप्त गरोस र आफुले गरेको कुनैपनि कामबाट कसैलाई जानी जानी हानी नोक्सानी नपुगोस ।
धुव आज नेपाली जमात नेपालमा भन्दा बिदेशमा धेरै छ र प्रवाशमा बसेर भाषा साहित्य र सस्कृति जोगाउन हामीले
कस्तो भुमिका निवार््रह गर्नु पर्छ होला
बाशु विदेशमा रहेर पनि हामीले आफनो भाषा सस्ंकृति र साहित्यलाई विसर्नु हुदैन । केहि समय हामीले आफनो पहिचान जोगाउन पनि खर्च गन पर्छ ।
हाले अमेरिका आएर लेख्नु भएका गीतहरु कुन कुन हुन र यहाको लेखाई मा विदेशी भुमीको प्रभाव कस्तो परेको छ
हालै अमेरिका आएर लेखेका गीतहरु
तिमी नजाउ एक्लै
मेरो प्रेम पत्र
यात्रा जीन्दगीको
मेरो मायाको भारी
मुट साटी किन फेरि हुन । र अन्य गीतहरु लेख्ने क्रमपनि जारी नै छ । मेरो गीतहरुमा स्वदेश छाडेर विदेशमा बस्नु पर्दाको पीढा केहि मात्रामा झल्किएको छ । स्वभावत एउटा मान्छेको मनोदशालाई गीतमा ब्यक्त गर्दा त्यसमा जीवन शैलीको प्रभाव त पर्छ नै ।
धुव प्रवाशी ज्रीवन यहालाई कस्तो लागेको छ जीवनलाई यहाले कसरी बुझनु भएको छ
बाशु प्रवाशी जीवन जीवन यापनका लागी अत्यावश्यक कि्रयाकलापमा जहा बसेपनि सरिक हुनुनै पर्छ स्वदेशको माया आफनो परिवेश र आफन्तहरुको बिछोडको पीडा त आफनो ठाउमा छदैछ तर पनि आफनो देशको आर्थिक र राजनैतिक दुर्दशाका कारण कैयन नेपालीहरुले विदेशिनु पर्ने पिढाले कहिले काहि मन बेचैन हुन्छ । जीवन भनेको अर्थपुर्ण रुपमा मानविय ढंगले समाजको एक अभिन्न अंगको रुपमा आफनो कर्म गर्दै जानुहो जस्तो लाग्छ । सबैको भोगाई र परिभाषा फरक फरक हुन सक्छ ।
धुव अमेरिकामा कहा कसरी आफनो पारिवारिक जीवन यापन गरि रहनु भएको छ आफनो परिवारका ेबारेमा पनि केहि भन्नु हुन्छ कि
बाशु असहज परिवेशमा सहज जीवन यापन गर्ने चेष्टामा छौ हामी । परिवार सानो छ आपसी सद्भावर मित्रतामा अघि बढेका छौ हामी ।
धुव अमेरिकाको क्यालिफोरनियामा नेपाली समुदाय निक्कै बडी रहेको छ यहाको नेपाली समाजला्ई ससक्त पार्न के कस्तो भुमिका निर्वाह गनु पर्ला यहाका नेपाली संघ सस्थाको बारेमा केहि भन्न चाहनु हुन्छकि
बाशु विश्वमै नेपालीहरु छरिएर बसेका छन् अमेरिकामापनि नेपाली समुदाय अतिनै बडदै गएको छ । क्यालिफोरनियामा अझै बढि देखिन्छ हामी टाढा विदेशमा हुनाले आपसी सद्भाव र मेलमिलापवाट समुदायको विकासका लागि फुटेर हैन जुटेर एक भइ अगाडि बढेमा हामी जनकामपनि गर्न सक्छौ । नया संश्थाको जन्मदिनु भन्दा भएकोलाई संरक्षण गर्न सकेपनि हामी सफल हुन सक्छौ । फुटको भावणा र सत्तालोलुपता भन्दा कर्मशिल हातहरुलाई कि्रयाशिल गराऔ नया बर्ष २०६३ मा मेरो यही कामना छ ।
धुव आज देश कुन दिशातिर लागेको भान हुन्छ के यस्को समाधान चाडै होला जस्तो लाग्छ
बाशु देशको अवस्थाको भयावह स्थितिबाट पार पाउन नेपाली जनता राजा र अन्य सम्पर्ण शक्तिहरुलाई केन्द्रिकृत हुनु पर्छ र मन भित्र सबैले यो मेरो देशहो र हामी नेपाली एक हौ भन्ने भावना राखेर अन्य सबै द्धेस र रँग्ँ त्याग्नु जरुरी छ । जव सम्म मान्छेमा अंह भावनाको तुवालो हटदैन तव सम्म मर्ने र मार्ने क्रम जारी रहन्छ र यो सारा दुःख झेली रहन पर्दैन ।
धुव अन्तमा नेपलबाहिर रहेका नेपालीहरुको नि्््िम्त प्रवाशीनेपाली डटकम एक प्रतिनिधि मुलक साइट भएकोले यस मार्फत प्रवाशी नेपालीहरु ज्ााे संसारको हरेक कुनामा छरिएर बसेका छन् र यस साइट मार्फत केहि भन्नु हुन्छकि
बाशु जहा जसरी जे गरेर बसेका भए पनि हामी नेपाली हौ हाम्रो माटो त्यही हो र हाम्रो भावना एकै हो ।
Categories: अन्तर्वार्ता
You must be logged in to post a comment.